Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

ज्येष्ठ नागरिक सङ्घ, पर्साको सातौं जिल्ला सभा सम्पन्न

spot_img
spot_img

वीरगंज । ज्येष्ठ नागरिक सङ्घ, पर्साको सातौं जिल्लासभा वीरगंजमा सम्पन्न भएको छ । वीरगंज महानगरका नगर प्रमुख विजय सरावगीको प्रमुख आतिथ्यतामा शुरु भएको कार्यक्रममा उपप्रमुख शान्ति कार्कीले वृक्षरोपण गरी कार्यक्रमको शुभारम्भ गरेका थिए ।

कार्यक्रममा नगरप्रमुख सरावगीले ज्येष्ठ नागरिक समाज र परिवारको गहना भएको बताए । उनले ज्येष्ठ नागरिकलाई हेला होइन, माया गर्नुपर्ने परिवारको सदस्यको कर्तव्य रहेको बताए । नगर प्रमुख सरावगीले ज्येष्ठ नागरिकलाई आफूले सकेसम्म सहयोग गरेको बताउदै आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले ज्येष्ठ नागरिक सङ्घलाई जग्गा दिने प्रक्रिया शुरु भइसकेको बताउदै चाडै भवन निर्माण गरिदिने आश्वासनसमेत दिए ।सरावगीले लक्ष्मणवा पार्कलाई व्यवस्थित गरेर ज्येष्ठ नागरिक सङ्घको जिम्मा लगाउने प्रक्रियामा रहेको बताए ।

नगर प्रमुख सरावगीले घण्टाघरदेखि पावरहाउस चोकसम्मको बाटो बिग्रेको स्वीकार्दै टेन्डर प्रक्रियाबाट चाडै सडक विस्तार गर्ने बताए । गत वर्ष भएको मरम्मतको क्रममा सडक भन्दामाथि टालटुल गरेको कारण महानगर नैं आलोचित भएको र यसको लागि क्षमायाचनासमेत गरे ।

सङ्घका अध्यक्ष जगदीश प्रसाद शर्माको अध्यक्षतामा भएको जिल्ला सभा उद्घाटन समारोहमा सङ्घका सचिव जुम्माद्दीन शेख हवारी, त्रिमूर्ति टोल सुधार समितिकी अध्यक्ष उमा मिश्र, वडाध्यक्ष रामदरश कुशवाहा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा आर्थिक प्रतिवेदन सङ्घका कोषाध्यक्ष किशोरीप्रसाद गुप्ताले प्रस्तुत गरेका थिए भने कार्यक्रममा स्वागत निवर्तमान अध्यक्ष पशुपति विक्रम शाह र कार्यक्रम सञ्चालन मुस्कान शर्मा र खुशी शर्माले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...