23.8 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

ज्येष्ठ नागरिक सङ्घ, पर्साको सातौं जिल्ला सभा सम्पन्न

वीरगंज । ज्येष्ठ नागरिक सङ्घ, पर्साको सातौं जिल्लासभा वीरगंजमा सम्पन्न भएको छ । वीरगंज महानगरका नगर प्रमुख विजय सरावगीको प्रमुख आतिथ्यतामा शुरु भएको कार्यक्रममा उपप्रमुख शान्ति कार्कीले वृक्षरोपण गरी कार्यक्रमको शुभारम्भ गरेका थिए ।

कार्यक्रममा नगरप्रमुख सरावगीले ज्येष्ठ नागरिक समाज र परिवारको गहना भएको बताए । उनले ज्येष्ठ नागरिकलाई हेला होइन, माया गर्नुपर्ने परिवारको सदस्यको कर्तव्य रहेको बताए । नगर प्रमुख सरावगीले ज्येष्ठ नागरिकलाई आफूले सकेसम्म सहयोग गरेको बताउदै आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले ज्येष्ठ नागरिक सङ्घलाई जग्गा दिने प्रक्रिया शुरु भइसकेको बताउदै चाडै भवन निर्माण गरिदिने आश्वासनसमेत दिए ।सरावगीले लक्ष्मणवा पार्कलाई व्यवस्थित गरेर ज्येष्ठ नागरिक सङ्घको जिम्मा लगाउने प्रक्रियामा रहेको बताए ।

नगर प्रमुख सरावगीले घण्टाघरदेखि पावरहाउस चोकसम्मको बाटो बिग्रेको स्वीकार्दै टेन्डर प्रक्रियाबाट चाडै सडक विस्तार गर्ने बताए । गत वर्ष भएको मरम्मतको क्रममा सडक भन्दामाथि टालटुल गरेको कारण महानगर नैं आलोचित भएको र यसको लागि क्षमायाचनासमेत गरे ।

सङ्घका अध्यक्ष जगदीश प्रसाद शर्माको अध्यक्षतामा भएको जिल्ला सभा उद्घाटन समारोहमा सङ्घका सचिव जुम्माद्दीन शेख हवारी, त्रिमूर्ति टोल सुधार समितिकी अध्यक्ष उमा मिश्र, वडाध्यक्ष रामदरश कुशवाहा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा आर्थिक प्रतिवेदन सङ्घका कोषाध्यक्ष किशोरीप्रसाद गुप्ताले प्रस्तुत गरेका थिए भने कार्यक्रममा स्वागत निवर्तमान अध्यक्ष पशुपति विक्रम शाह र कार्यक्रम सञ्चालन मुस्कान शर्मा र खुशी शर्माले गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

वीरगंजमा विभिन्न कार्यक्रम गरि विश्व पाेलियाे दिवस मनाइयाे

कालिका टाईम्स

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स
SQL requests:216. Generation time:4.275 sec. Memory consumption:81.47 mb