Date
आइत, अशोज ११, २०८३
Sun, September 27, 2026

पर्साका १२ सहित थप १९ जनामा काेराेना संक्रमण

spot_img
spot_img

वीरगंज । पर्साका १२ सहित थप १९ जनामा काेराेना भाइरस (काेभिड १९) संक्रमण पुष्टि भएकाे छ ।

नारायणी अस्पतालकाे प्रयाेगशालामा बिहिबार पर्साका २३९ जनाकाे स्वाब पिसिआर विधिबाट परिक्षणमा १२ जना र बाराका ५३ जनाकाे स्वाब परिक्षण गर्दा ७ जना काेराेना संक्रमित भेटिएकाे अस्पतालका प्रवक्ता डा. अतुलेश कुमार चाैरसियाले वताए ।

संक्रमित हुनेमा ३ महिला र १६ पुरुष रहेकाे उनले जनाए । संक्रमितहरुकाे सिटी भ्यालु १५ देखी ३० सम्म रहेकाे वताए ।

प्रवक्ता डा. चाैरसियाका अनुसार संक्रमित हुनेमा पर्साकाे कालिमामाई गाउँपालिका वडा नं. १ का ४१ बर्षिय पुरुष, पर्सागढी पर्सागढी नगरपालिकाकाे वडा नं. १ का ३५ बर्षिय महिला, जगरनापुर गाउँपालिकाकाे वडा नं. ५ का २४ बर्षिय पुरुष रहेका छन् ।

त्यसैगरी, वीरगंज महानगरपालिकाकाे वडा नं. ७ का ५१ बर्षिय पुरुष, वडा नं. १० का ५८, ६७ बर्षिय पुरुष, वडा नं. १३ का १६, ४०, ४४ बर्षिय पुरुष र वडा नं. ३० का २९ बर्षिय पुरुष संक्रमित भएका हुन् ।

वीरगंजस्थित रहेकाे तराई हस्पिटलका ५६ बर्षिय महिला र सिदार्थ बैंकका २६ बर्षिय महिलामा पनि संक्रमण फेला परेकाे उनले वताए ।

बाराकाे जितपुर सिमरा उपमहानगरपालिकाकाे  ३१, ३५, ३६, ४७, ४९ बर्षिय पुरुष, प्रसाैनी गाउँपालिकाकाे वडा नं. ६ का २५ बर्षिय पुरुष र भुमिसुधार मालपाेत कार्यालयका ३८ बर्षिय पुरुषमा संक्रमण फेला परेकाे प्रवक्ता डा. चाैरसियाले जानकारी गराए ।  

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

राष्ट्रिय पहलवान पोखरियाका यादव २०औं एशियन गेम्समा कुस्ती प्रतियोगितामा सहभागी हुन जापान प्रस्थान

वीरगंज । नेपालका राष्ट्रिय स्तरका चर्चित पहलवान राज यादव जापानको आइची नागोया शहरमा आयोजना हुने २०औं एशियन गेम्स कुस्ती (पहलवानी) प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्न...

छिपहरमाई गाउँपालिकाको कांग्रेस सभापतिमा धुरेन्दर साह कानु

वीरगंज । नेपाली कांग्रेस छिपहरमाई गाउँपालिकाको सभापतिमा धुरेन्दर साह कानु सर्वसम्मत चयन भएका छन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सम्पन्न दोस्रो गाउँपालिका अधिवेशनले कानुलाई...

बाढीपीडितको चुल्हो बाल्न आम मुस्लिम मोर्चाको ग्यास सहयोग

काठमाडौं । आम जनता पार्टी (आजपा) निकट आम मुस्लिम मोर्चाले भोटेकोशी बाढीपीडितलाई ग्यास चुल्हो, सिलिन्डर तथा राहत सामग्री वितरण गरेको छ । मोर्चाले नुवाकोटको विदुरमा...