23.8 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

पर्साका १२ सहित थप १९ जनामा काेराेना संक्रमण

वीरगंज । पर्साका १२ सहित थप १९ जनामा काेराेना भाइरस (काेभिड १९) संक्रमण पुष्टि भएकाे छ ।

नारायणी अस्पतालकाे प्रयाेगशालामा बिहिबार पर्साका २३९ जनाकाे स्वाब पिसिआर विधिबाट परिक्षणमा १२ जना र बाराका ५३ जनाकाे स्वाब परिक्षण गर्दा ७ जना काेराेना संक्रमित भेटिएकाे अस्पतालका प्रवक्ता डा. अतुलेश कुमार चाैरसियाले वताए ।

संक्रमित हुनेमा ३ महिला र १६ पुरुष रहेकाे उनले जनाए । संक्रमितहरुकाे सिटी भ्यालु १५ देखी ३० सम्म रहेकाे वताए ।

प्रवक्ता डा. चाैरसियाका अनुसार संक्रमित हुनेमा पर्साकाे कालिमामाई गाउँपालिका वडा नं. १ का ४१ बर्षिय पुरुष, पर्सागढी पर्सागढी नगरपालिकाकाे वडा नं. १ का ३५ बर्षिय महिला, जगरनापुर गाउँपालिकाकाे वडा नं. ५ का २४ बर्षिय पुरुष रहेका छन् ।

त्यसैगरी, वीरगंज महानगरपालिकाकाे वडा नं. ७ का ५१ बर्षिय पुरुष, वडा नं. १० का ५८, ६७ बर्षिय पुरुष, वडा नं. १३ का १६, ४०, ४४ बर्षिय पुरुष र वडा नं. ३० का २९ बर्षिय पुरुष संक्रमित भएका हुन् ।

वीरगंजस्थित रहेकाे तराई हस्पिटलका ५६ बर्षिय महिला र सिदार्थ बैंकका २६ बर्षिय महिलामा पनि संक्रमण फेला परेकाे उनले वताए ।

बाराकाे जितपुर सिमरा उपमहानगरपालिकाकाे  ३१, ३५, ३६, ४७, ४९ बर्षिय पुरुष, प्रसाैनी गाउँपालिकाकाे वडा नं. ६ का २५ बर्षिय पुरुष र भुमिसुधार मालपाेत कार्यालयका ३८ बर्षिय पुरुषमा संक्रमण फेला परेकाे प्रवक्ता डा. चाैरसियाले जानकारी गराए ।  

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

वीरगंजमा विभिन्न कार्यक्रम गरि विश्व पाेलियाे दिवस मनाइयाे

कालिका टाईम्स

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स
SQL requests:216. Generation time:3.272 sec. Memory consumption:81.4 mb