23.8 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

परसोतीपुरमा सांसद यादवद्वारा निर्माण ढलान सड़कको उद्घाटन

वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नम्बर ३० को परसोतीपुरमा निर्माण भएकाे ढलान सड़क तथा नालाको सांसद प्रदिप यादवले उद्घाटन गरेका छन ।#

स्थानीय पूर्वाधार विकास कार्यक्रम संसदीय निर्वाचन क्षेत्र न.१ पर्साको बिकास कोष तथा विरगंज महानगरपालिकाको साझेदारीमा ४० लाखको लागतमा निर्माण सम्पन्न सड़क तथा नालाको बिहिबार एक कार्यक्रमका विच सांसद यादवले समुदघाटन गरेका हुन ।

समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सांसद यादवले पञ्चायत कालदेखी अहिले सम्म यो सड़कमा ढलान बाटो नबनेको बताउदै आफुले यस क्षेत्रको विकासको लागि जनताको जनचाहना अनुरुप विकास कार्यहरू अगाडी बढाएको बताए ।

उनले अगामी दिनहरूमा पनि यस वडाको विकासको लागी नयाँ योजनाहरू बनाएर बिकास कार्यलाई निरन्तरता दिने बताए ।

कार्यक्रममा प्रदेश सांसद जन्नत अंसारी लगायत स्थानीय नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

वीरगंजमा विभिन्न कार्यक्रम गरि विश्व पाेलियाे दिवस मनाइयाे

कालिका टाईम्स

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स
SQL requests:216. Generation time:4.701 sec. Memory consumption:81.47 mb