23.8 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

शिक्षकहरुकाे लागि ३ दिने प्रशंसनीय खोज तालिम सुरु

वीरगंज । शिक्षकहरुको लागि ३ दिने प्रशंसनीय खोज तालिम आजदेखी वीरगंजमा सुरु भएकाे छ । भिएसओ नेपालको सहयोग र आसमान नेपाल पर्साको आयोजनामा सुरक्षित सिकाइ परियोजना अन्तर्गत तालिम सुरु भएकाे हाे ।

वीरगंजस्थित ओम रेसिडेन्सी हाेटलमा सुरु भएकाे तालिमकाे शुभारम्भ आसमान नेपाल पर्साका संयाेजक मुनिलाल बैठाले गरेका थिए । साे तालिममा पर्साका १२ वटा विधालयका २४ जना शिक्षकहरु सहभागिता रहेकाे छ ।

तालिमकाे सुभारम्भ गर्दै संयाेजक बैठाले वहिनीको लागि दिदि कार्यक्रम संचालन भइरहेको पर्साका ७ पालिकाका १२ वटा विधालयका शिक्षाकहरुकाे लागि तालम संचालन गरिएकाे वताए ।

उनले शिक्षाबाट बंचित गरीब बालबालिकाहरुलाई विद्यालयमा नामांकन गराउन तथा विधालयमा उनिहरुको पहुंच र विद्यालय भित्र शिक्षा आर्जनका लागि सुरक्षित एवम् सकारात्मक वातावरण सृजना गर्न तालिम संचालन गरिएकाे वताए ।

संयाेजक बैठाले संस्थाले भिएसओ नेपालको सहयोगमा सुरक्षित सिकाइ भन्ने नयाँ कार्यक्रम अन्तर्गत आयाेना गरिएकाे प्रशंसनीय खोज तालिमले विधालय भित्र दलित तथा गरीब विधार्थीको लागि सकारात्मक वातावरण निर्माण हुने अपेक्षा गरिएको वताए ।

तालिममा सृ्रक्षित कार्यक्रमका संयोजक विरेन्द्र कृ्मार सिंह र प्रशिक्षक नारायण खपांगीले प्रशिक्षण दिइरहेका छन् । 

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

वीरगंजमा विभिन्न कार्यक्रम गरि विश्व पाेलियाे दिवस मनाइयाे

कालिका टाईम्स

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स
SQL requests:216. Generation time:4.401 sec. Memory consumption:81.41 mb