Date
बुध, भदौ १७, २०८३
Wed, September 2, 2026

विश्व दृस्टी दिवसको अवसरमा नि:शुल्क आँखा जाँच शिविर सम्पन्न

spot_img
spot_img

वीरगंज । विश्व दृस्टी दिवसको अवसरमा बिहिबार वीरगंजमा नि:शुल्क आँखा जाँच शिविर सम्पन्न भएकाे छ । नेपाल नेत्र ज्योती संघ पर्सा शाखाको आयोजना र केडिया आँखा अस्पताल परवानिपुरको प्राबिधिक सहयोगमा शिविर सम्पन्न भएकाे हाे ।

वीरगंजकाे पावर हाउस चाैकस्थित रहेकाे नेत्र ज्याेति संघ पर्साकाे कार्यालयमा भएकाे शिविरमा बिरगंज महानगरपालिका एवं जिल्लाका वभिन्न ठाउँका असहाय, एकल महिला, वृद्ध, बालबालिका लगायतले नि:शुल्क आँखा परिक्षण गराएकाे नेत्र ज्योति संघ पर्साका राजन श्रीवास्तवले जानकारी दिए ।

नेत्र ज्याेती संघ पर्सा शाखाका सभापति मधु राणाको सभापतित्वमा भएको कार्यक्रममा मदन प्रसाद गुप्ता, गणेश शाह, संतोष जैसवाल, उमेस गुप्ता लगायतको बिशेष उपस्थित रहेकाे थियाे ।

शिविरमा डाक्टर उमाकान्त कुमार बैठा, प्राबिधिक हरि ॐ चौधरी, आनन्द कुमार शाहले आँखा परिक्षण गरेका थिए ।

साे अवसरमा सभापति राणाले कार्यक्रममा सहभागी सबैलाई धन्यवाद एवं दिवसको शुभकामना ब्यक्त गर्दै आउने दिनमा पनि आँखाको क्षेत्रमा सबैबाट उल्लेखनीय योगदान हुने कुरामा जोड दिइन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

बिश्रामपुरका ११ वर्षीय बालकको अपहरणपछि हत्या, १७ वर्षीय किशोर पक्राउ

बारा । बाराको बिश्रामपुर गाउँपालिका वडा नम्बर ३ मुसहर्वाका ११ वर्षीय राजेश कुमार साहको अपहरणपछि हत्या गरिएको घटनामा एक १७ वर्षीय किशोर पक्राउ परेका...

तरुण दल पर्साको कोषाध्यक्षमा विराज साह नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्साको कोषाध्यक्षमा विराज साह नियुक्त भएका छन् । नेपाल तरुण दल पर्साका अध्यक्ष बाल्मिकी यादवले साहलाई कोषाध्यक्ष पदमा नियुक्त गरेका...

अदालतको आदेश विपरित वीरगंजस्थित टेलिकम भवन भत्काइएको भन्दै टेलिकमको आपत्ति

वीरगंज । नेपाल टेलिकमले वीरगंजस्थित दूरसञ्चार कार्यालयको भवन सडक डिभिजन कार्यालय हेटौंडाले एकपक्षीय रूपमा पुनः भत्काएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ । दूरसञ्चारको स्थापना कालदेखि...