Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

डा. केसीको समर्थनमा वीरगञ्जमा प्रदर्शन

spot_img
spot_img

वीरगञ्ज । अनशनरत प्राध्यापक डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै बुधबार वीरगञ्जमा प्रदर्शन गरिएको छ ।

चिकित्सक, अधिकारकर्मी, विभिन्न सामाजिक संघ संस्था र राजनीतिक दलमा आवद्ध व्यक्तिहरुले वीरगञ्जको घण्टाघरमा प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीहरुले डा. केसीका माग पूरा गर, डाक्टर केसीको अनशन माफियालाई टेनसन, लुटतन्त्र बन्द गर लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

प्रदर्शनमा सहभागि जसपाका युवा नेता ओम प्रकाश सर्राफले डाक्टर केसीको जायज माग पूरा गर्न सरकारलाई दबाव दिने उद्देश्यले प्रदर्शन गरिएको बताए । ‘आम गरिब जनताका छोराछोरी पनि डाक्टर बन्न सकुन्, उपत्यका बाहिर पनि सरकारी मेडिकल कलेज खुलोस् भनेर डाक्टर केसी अनशनमा बसेका छन् । तर सरकारले सुनिरहेको छैन, यसले सरकार मेडिकल माफियाको कब्जामा रहेको प्रष्ट हुन्छ ।’

नेपाल चिकित्सक संघ नारायणीका सचिव डाक्टर उदय नारायण सिंहले एउटा सत्याग्रही मानिस १९ औं पटक अनशनमा बस्नुपर्ने अवस्था आउनु दुःखद भएको बताए । ‘कुनै व्यक्तिगत स्वार्थ छैन । आम नागरिकको लागि लड्दै हुनुहुन्छ, सहज स्वास्थ्य सेवा प्राप्ती होस्, चिकित्सा शिक्षामा सबैको पहुँच होस् भनेर अनशनरत हुनुहुन्छ,’ डाक्टर सिंहले भने, ‘ती कुरा पूरा गर्ने दायित्व लोकतान्त्रिक सरकारको पनि हो, तर सरकार र आम नागरिक दुवै सुतेका छन्, खबरदारी मार्फत जगाउने प्रयास गरेका हौं ।’

यस्तै डा. केसीको समर्थनमा गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले पनि प्रदर्शन गरेको छ । प्राध्यापक डा. केसीकाे समर्थनमा उनकाे जायज माग पुरा गरी जिवन रक्षा गर्न माग गर्दै प्रदर्शन गरिएकाे फाउण्डेशन पर्साका अध्यक्ष मोहम्मद सहाबुदिनले जानकारी दिए ।

वीरगंजको घण्टाघरमा ‘डाक्टर केसीको जायज माग पुरा गर, डाक्टर केसीको जीवन रक्षा गर’, लोकतन्त्रमा समेत सत्याग्रहीहरुको आवाज सुनिदैन भने राज्यबाट के आपेक्षा गर्ने नारा लेखिएको ब्यानरसहित फाउन्डेसनकाे आयाेजनामा प्रदर्शन गरिएकाे हाे ।

मेडिकल क्षेत्रमा सुधारको माग गर्दै पटक–पटक अनशन गर्दै आएका सत्याग्राही प्राध्यापक डा. केसी हाल १९ औं पटक आमरण अनसनमा बसेका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...