Date
शुक्र, अशोज ९, २०८३
Fri, September 25, 2026

रिया भइन जमानतमा रिहा

spot_img
spot_img

ड्रग्सको मुद्दामा केही हप्तादेखि जेलमा रहेकी बलिउड नायिका तथा नायक सुशान्त सिंह राजपुतकी प्रेमिका रिया चक्रवर्तीलाई मुम्बइको उच्च न्यायलयले जमानत दिएको छ ।

जमानत पाएपनि रियालाई विदेश यात्रा गर्दा प्रशासनको अनुमति आवश्यक पर्दछ । यस्तै, मुम्बइबाट बाहिर जानुपर्दा पनि रियाले प्रहरी अधिकारीलाई यो कुराको जानकारी दिनुपर्नेछ ।

यस्तै, उनी १० दिनको अन्तरमा प्रहरी कार्यलय पुग्नुपर्नेछ । यस भन्दा अगाडि मंगलबार सेसन कोर्टले उनलाई अक्टुबर २० तारिखसम्म हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको थियो ।

यसपछि, रियाका वकिलले जमानतको माग गर्दै उच्च न्यायलयमा अपिल गरेकी थिइन् । रिया विगत एक महिनादेखि जेलमा थिइन् । उनले, २ पटकसम्म जमानतका लागि अदालतसँग अपिल गरेकी थिइन् । तर, उनको दुबै पटकको अपिल खारेज भएको थियो ।

बुधबार अदालतले उनलाई १ लाख धरौटीसहित जमानतमा रिहा गर्न आदेश दिएको हो ।

रिया जमानतमा छुटेपनि उनका भाई सोविक भने जेलमै रहने छन् । ड्रग्स सिन्डिकेटको सक्रिय सदस्य भएको दाबी गर्दै उनलाई एनसीबीले पक्राउ गरेको थियो । रियाले ड्रग्स किनेको कुरा स्विकार गरेकी छिन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जीर्ण बन्दै वीरगंज–पोखरिया सडक, मर्मत नहुँदा बढ्यो दुर्घटनाको जोखिम

वीरगंज । पर्साको प्रमुख व्यापारिक तथा औद्योगिक मार्गका रूपमा रहेको वीरगञ्ज–पोखरिया सडकखण्ड लामो समयदेखि खाल्डाखुल्डीका कारण जीर्ण बन्दै गए पनि प्रभावकारी मर्मतसम्भार हुन सकेको...

एमाले केन्द्रीय कमिटीमा पूर्वमन्त्री प्रदीप यादवसहित २९ जना मनोनीत

काठमाडौं । नेकपा एमालेले पार्टीको केन्द्रीय कमिटीमा २९ जना सदस्य मनोनीत गरेको छ। ललितपुरको भनिमण्डपमा जारी केन्द्रीय कमिटी बैठकले पर्सा निर्वाचन क्षेत्र नम्बर १...

बारामा १२ वर्षीया बालिकालाई अपहरण गरी जबरजस्ती करणी गरेको मुद्दामा १८ वर्ष कैद सजाय पाएका अन्सारी पक्राउ

वीरगंज । बाराको कलैयामा १२ वर्षीया बालिकालाई अपहरण गरी करिब १० दिनसम्म बन्धक बनाएर पटक–पटक जबरजस्ती करणी गरेको कसुरमा १८ वर्ष कैद सजाय सुनाइएका...