31.7 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

कालिकामाईबाट लागु औषधकाे आराेपमा एक जना पक्राउ

वीरगंज । पर्सा कालिकामाई गाउँपालिकाकाे वडा नं. १ टिनडाेवियाबाट एक जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।

इलाका प्रहरी कार्यालय पाेखरियाका प्रहरी निरिक्षक दिपक थापा नेतृत्वकाे प्रहरी टाेलीले मंगलबार राति १०:३० वजे टिनडाेविया निवासिय २९ वर्षिय खोवारी प्रसादलाई पक्राउ गरेकाे हाे ।

उनले आफ्नाे घरमा लागु औषध अफीम लुकाइ-छिपाई राखेको छ भन्ने गोप्य सुचनाकाे आधारमा ईप्रका पोखरीयाबाट प्रहरी टोलि खटि गई चेकजाच गर्दा निजको साथवाट ला.औ.अफिम जस्तो देखिने पदार्थ ८ के.जि. फेला परेकोले उक्त पदार्थसहित नियन्त्रणमा लिइएकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

निजलाई ईप्रका पाेखरियामा राखि थप अनुसन्धान कार्य भईरहेको प्रहरी कार्यालय पर्साले प्रेस विज्ञप्तीमार्फत जनाएकाे छ ।

यता पक्राउ परेका खाेवारीकाे घरबाट अफीम बरामद नभएकाे स्थानियहरुले वताएका छन् । अन्य कुनै ठाउँमा अफीम बरामद भएपछि प्रहरीले खाेवारीलाई उनकाे घरबाट पक्राउ गरि लगेकाे स्थानियहरुकाे भनाई छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:217. Generation time:5.113 sec. Memory consumption:81.49 mb