7 April 2025
KALIKATIMES.COM

एम्बुलेन्स चालक र बिरामीहरुलाई स्वास्थ्य सामग्री वितरण

वीरगंज । रसायन तथा मेडिकल आपूर्ति संघको प्रदेश २, मुख्य कार्यालय पर्साले एम्बुलेन्स चालक, सुत्केरी, बिरामी तथा पत्रकारलाई स्वास्थ सुरक्षार्थ सामग्री वितरण गरेको छ । 

संघको १६ औँ स्थापना दिवसको अवसरमा मंगलबार नारायणी अस्पतालका एम्बुलेन्स चालक, प्रसुति गृहका गर्भवती तथा सुत्केरी, बालबालिका बिरामी लगायत सञ्चारकर्मीहरुलाई स्वास्थ सुरक्षार्थ सामाग्री लगायत फलफुल वितरण गरेको हो ।

विश्व व्यापिरुपमा फैलिएको कोरोनाको महामारीको समयमा अग्रपंक्तिमा खटिने एम्बुलेन्स चालक तथा सञ्चारकर्मीलाई प्रोत्साहन स्वरुप एन ९५ मास्क, सर्जिकल मास्क, सेनिटाइजर, ग्लब्स, पीपीइ, फेस सिल्ड लगायतका सामग्री वितरण गरिएको संघका सदस्य शिवहरी तिवारीले जानकारी दिए ।

त्यसैगरी संघले स्थापना दिवसको अवसरमा नारायणी प्रसुति गृहमा रहेकी सुत्केरी महिला बाल गृहका बालबालिका तथा अस्पतालमा अपचारारर्थ असहाय गरिब विरामीहरुलाई फुट कभर, सेनिटाइजर, मास्क, सेनिटरी प्याड, फलफुल लगायतका सामग्री वितरण गरिएको उनले वताए ।

सो कार्यक्रममा संघका संयोजक साकेत भंगर, सदस्य दिपक अग्रवाल, शिव गुप्ता, सुमित क्याल, प्रमोद साह, प्रविन झा प्रशान्त शर्मा, सुरेश साह प्रवेश चौधरी , अमित कर्ण लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

अझै पनि परम्परागत ढक तथा तराजुकाे प्रयोग, घाटा व्यहोर्नु परेको गुनासो

कालिका टाईम्स

वीरगंजमा टी२० महिला तथा पुरुष क्रिकेट प्रतियोगिता सुरु

कालिका टाईम्स

नगर प्रमुख पाठककाे अभिव्यक्ति प्रति कांग्रेसकाे आपत्ति, विवादित शिक्षक नियुक्ति रद्द गरि पुन: गर्न माग

कालिका टाईम्स
SQL requests:215. Generation time:5.227 sec. Memory consumption:82.5 mb