Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

डा. केसीकाे समर्थनमा नेपाली कांग्रेस पर्साद्वारा धर्ना

spot_img
spot_img

वीरगंज । सत्याग्राही प्राध्यापक डा. गाविन्द के.सीकाे समर्थनमा नेपाली कांग्रेस पर्साले मंगलबार वीरगंजमा धर्ना दिएकाे छ ।

चिकित्सक शिक्षामा सुधारकाे माँग गर्दै १९ औं पटक २३ दिनदेखी सत्याग्रह बसेका डा. केसीकाे जीवन रक्षा गर्न हेतु नेपाल सरकारलाई दबाव दिन वीरगंजकाे घण्टाघरमा धर्ना दिइएकाे नेपाली कांग्रेस पर्साका सचिव श्याम पटेलले वताए ।

डा. गाेबिन्द केसीकाे जायज माग पुरा गर, डा. केसीकाे जिवन रक्षा गर, डा. केसीकाे अनसन मेडिकल माफियाहरुलाई टेनसन, केपी ओलीकाे मिसन सिटामाेलमा कमिसन लगायतकाे नारा लेखिएकाे प्ले कार्डसहित नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुले धर्ना दिएका हुन् ।

नेपाली कांग्रेस पर्साकाे सभापति अजय कुमार द्विवेदीकाे अध्यक्षतामा र पूर्व केन्द्रीय सदस्य सुरेन्द्र प्रसाद चाैधरीकाे प्रमुख आतिथ्यतामा भएकाे धर्ना कार्यक्रममा नेपाली कांग्रेस पर्साका उपसभापतिद्वय दिना गुप्ता, प्रकाश उपाध्याय, सचिवद्वय किशोरी साह, श्याम पटेल, सहसचिवद्वय राेशन लामिछाने, किरण सरकार, महाधिवेशन प्रतिनिधि नरेन्द्र साह, क्षेत्रिय सभापति विजय शर्राफ, नगर सभापति भाेला साह, जिल्ला सदस्य प्रेम सिहं, रामबाबु पटेल, ने.वि.संघका पूर्व केन्द्रीय सदस्य द्वय सुधिर पटेल, बद्री तिवारी, ने.वि.संघ पर्साका अध्यक्ष विश्वास द्विवेदी लगायतकाे नेता तथा कार्यकर्ताहरुकाे उपस्थित रहेकाे थियाे।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

भन्सारबाट सस्तोमा सामान दिलाइदिने भन्दै ठगी गर्ने प्रविण साह पक्राउ

वीरगंज । वीरगंज भन्सारबाट लिलाम हुने सवारीसाधन तथा घरायसी सामान सस्तो मूल्यमा दिलाइदिने प्रलोभन देखाएर रकम ठगी गरेको आरोपमा प्रहरीले एक जना बिचौलियालाई पक्राउ...

कांग्रेसको सहमहामन्त्रीमा अजय चौरसिया विजयी

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पर्साका नेता अजयकुमार चौरसिया मधेसीतर्फको सहमहामन्त्री पदमा निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी महेन्द्र यादवलाई २३४ मतले पराजित...

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, फेरि काजीको बिहेको चर्चा

वीरगंज । बहुप्रतीक्षित नेपाली चलचित्र ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलर सार्वजनिक भएसँगै प्रेम र विवाहमा पटक–पटक असफल...