23.8 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

डा. केसीकाे समर्थनमा नेपाली कांग्रेस पर्साद्वारा धर्ना

वीरगंज । सत्याग्राही प्राध्यापक डा. गाविन्द के.सीकाे समर्थनमा नेपाली कांग्रेस पर्साले मंगलबार वीरगंजमा धर्ना दिएकाे छ ।

चिकित्सक शिक्षामा सुधारकाे माँग गर्दै १९ औं पटक २३ दिनदेखी सत्याग्रह बसेका डा. केसीकाे जीवन रक्षा गर्न हेतु नेपाल सरकारलाई दबाव दिन वीरगंजकाे घण्टाघरमा धर्ना दिइएकाे नेपाली कांग्रेस पर्साका सचिव श्याम पटेलले वताए ।

डा. गाेबिन्द केसीकाे जायज माग पुरा गर, डा. केसीकाे जिवन रक्षा गर, डा. केसीकाे अनसन मेडिकल माफियाहरुलाई टेनसन, केपी ओलीकाे मिसन सिटामाेलमा कमिसन लगायतकाे नारा लेखिएकाे प्ले कार्डसहित नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुले धर्ना दिएका हुन् ।

नेपाली कांग्रेस पर्साकाे सभापति अजय कुमार द्विवेदीकाे अध्यक्षतामा र पूर्व केन्द्रीय सदस्य सुरेन्द्र प्रसाद चाैधरीकाे प्रमुख आतिथ्यतामा भएकाे धर्ना कार्यक्रममा नेपाली कांग्रेस पर्साका उपसभापतिद्वय दिना गुप्ता, प्रकाश उपाध्याय, सचिवद्वय किशोरी साह, श्याम पटेल, सहसचिवद्वय राेशन लामिछाने, किरण सरकार, महाधिवेशन प्रतिनिधि नरेन्द्र साह, क्षेत्रिय सभापति विजय शर्राफ, नगर सभापति भाेला साह, जिल्ला सदस्य प्रेम सिहं, रामबाबु पटेल, ने.वि.संघका पूर्व केन्द्रीय सदस्य द्वय सुधिर पटेल, बद्री तिवारी, ने.वि.संघ पर्साका अध्यक्ष विश्वास द्विवेदी लगायतकाे नेता तथा कार्यकर्ताहरुकाे उपस्थित रहेकाे थियाे।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

वीरगंजमा विभिन्न कार्यक्रम गरि विश्व पाेलियाे दिवस मनाइयाे

कालिका टाईम्स

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स
SQL requests:220. Generation time:3.267 sec. Memory consumption:81.74 mb