Date
आइत, अशोज ११, २०८३
Sun, September 27, 2026

पर्साका १० र बाराका ४ जनामा काेराेना संक्रमण पुष्टि

spot_img
spot_img

वीरगंज । पर्साका थप १० जनामा काेराेना भाइरस (काेभिड १९) संक्रमण पुष्टि भएकाे छ ।

नारायणी अस्पतालकाे प्रयाेगशालामा साेमबार गरिएकाे परिक्षणमा पर्साका १० जना र बाराका ४ जनामा काेराेना संक्रमण फेला परेकाे अस्पतालका प्रवक्ता डा. अतुलेश कुमार चाैरसियाले जानकारी दिए ।

प्रवक्ता डा. चाैरसियाका अनुसार संक्रमित हुनेहरु १९ देखि ६८ बर्ष उमेर समुहका रहेका छन् । उनीहरुकाे सिटि भ्यालु १८ देखी ३५ सम्म रहेकाे छ ।

संक्रमित हुनेमा पर्साकाे वीरगंज महानगरपालिका वडा नं. १०, ११ का २-२ जना, वडा नं. ३, १३, १५ का १-१ जना र छिपहरमाई गाउँपालिका वडा नं. ५ का एक जना रहेका छन् ।

यस्तै, वीरगंज कै तराई हस्पिटलमा उपचाररत एक जना बिरामी र एक जना कर्मचारीमा काेराेना संक्रमण देखिएकाे छ ।

संक्रमित हुनेमा बाराकाे  सिम्राैनगढ नगरपालिकाका २ जना, महागढीमाई नगरपालिकाकाे वडा नं. ७ र जितपुर सिमरा उपमहानगरपालिकाकाे वडा नं. २ का १-१ जना रहेका छन् ।

पर्सा र बाराका ९६ जनाकाे स्वाब आरटी पिसिआर विधिबाट परिक्षण गरिएकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

राष्ट्रिय पहलवान पोखरियाका यादव २०औं एशियन गेम्समा कुस्ती प्रतियोगितामा सहभागी हुन जापान प्रस्थान

वीरगंज । नेपालका राष्ट्रिय स्तरका चर्चित पहलवान राज यादव जापानको आइची नागोया शहरमा आयोजना हुने २०औं एशियन गेम्स कुस्ती (पहलवानी) प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्न...

छिपहरमाई गाउँपालिकाको कांग्रेस सभापतिमा धुरेन्दर साह कानु

वीरगंज । नेपाली कांग्रेस छिपहरमाई गाउँपालिकाको सभापतिमा धुरेन्दर साह कानु सर्वसम्मत चयन भएका छन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सम्पन्न दोस्रो गाउँपालिका अधिवेशनले कानुलाई...

बाढीपीडितको चुल्हो बाल्न आम मुस्लिम मोर्चाको ग्यास सहयोग

काठमाडौं । आम जनता पार्टी (आजपा) निकट आम मुस्लिम मोर्चाले भोटेकोशी बाढीपीडितलाई ग्यास चुल्हो, सिलिन्डर तथा राहत सामग्री वितरण गरेको छ । मोर्चाले नुवाकोटको विदुरमा...