21.1 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

पर्साका १० र बाराका ४ जनामा काेराेना संक्रमण पुष्टि

वीरगंज । पर्साका थप १० जनामा काेराेना भाइरस (काेभिड १९) संक्रमण पुष्टि भएकाे छ ।

नारायणी अस्पतालकाे प्रयाेगशालामा साेमबार गरिएकाे परिक्षणमा पर्साका १० जना र बाराका ४ जनामा काेराेना संक्रमण फेला परेकाे अस्पतालका प्रवक्ता डा. अतुलेश कुमार चाैरसियाले जानकारी दिए ।

प्रवक्ता डा. चाैरसियाका अनुसार संक्रमित हुनेहरु १९ देखि ६८ बर्ष उमेर समुहका रहेका छन् । उनीहरुकाे सिटि भ्यालु १८ देखी ३५ सम्म रहेकाे छ ।

संक्रमित हुनेमा पर्साकाे वीरगंज महानगरपालिका वडा नं. १०, ११ का २-२ जना, वडा नं. ३, १३, १५ का १-१ जना र छिपहरमाई गाउँपालिका वडा नं. ५ का एक जना रहेका छन् ।

यस्तै, वीरगंज कै तराई हस्पिटलमा उपचाररत एक जना बिरामी र एक जना कर्मचारीमा काेराेना संक्रमण देखिएकाे छ ।

संक्रमित हुनेमा बाराकाे  सिम्राैनगढ नगरपालिकाका २ जना, महागढीमाई नगरपालिकाकाे वडा नं. ७ र जितपुर सिमरा उपमहानगरपालिकाकाे वडा नं. २ का १-१ जना रहेका छन् ।

पर्सा र बाराका ९६ जनाकाे स्वाब आरटी पिसिआर विधिबाट परिक्षण गरिएकाे थियाे ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

वीरगंजमा विभिन्न कार्यक्रम गरि विश्व पाेलियाे दिवस मनाइयाे

कालिका टाईम्स

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स
SQL requests:216. Generation time:3.686 sec. Memory consumption:81.4 mb