Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

जगरनाथपुरमा २ महिलासहित ३५ जनाद्वारा रक्तदान

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाे वडा नं. २२, जगरनाथपुरमा साेमबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

 पशुपति अन्नपूर्णा आश्रम केन्द्रिय समिति काठमाडौं र पशुपति अन्नपूर्णा आश्रम जिल्ला धार्मिक तथा युवा समिति पर्साको आयोजनामा भएकाे कार्यक्रममा २ महिलासहित ३५ जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगंजले जनाएको छ ।

जगरनाथपुरको बौद्धिमाई मन्दिर परिसरमा भएकाे कार्यक्रममा आयुस देवी, सुगान्धि देवी, महेश पटेल, मनोज गिरी, लक्षुमण साह कानु, हिमाञ्चल चौरसिया, सुरेश पटेल, कमलेश साह, राजेश पटेल, रबिन्द्र पटेल, अजय चौरसिया लगायतकाले रक्तदान गरेको आयोजक समितिले जनाएकाे छ ।

पुन्काल साह कानुको अध्यक्षता र पशुपति अन्नपूर्णा आश्रमका केन्द्रिय अध्यक्ष के.बी सम्राटकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा वीरगंज महानगरपालिकाका मेयर बिजय कुमार सरावगी, वडाध्यक्ष ग्यासुदिन मियाँ, धार्मिक युवा समितिका अध्यक्ष सुरेश पटेल, उपाध्यक्ष शिवशंकर प्रसाद कुर्मी लगायतको विशेष उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण धार्मिक युवा समितिका सचिव राजेश पटेलले गरेका थिए ।

“प्रत्येक स्वस्थ युवा, युवतीहरुको आफ्नो १८ औं वर्षको शुभजन्मोत्सवसँगै रक्तदानको शुभारम्भ गरौं” भन्ने मुल नाराका रक्तदान कार्यक्रमकाे आयाेजना गरिएकाे थियाे ।

रक्तदान कार्यक्रम पश्चात सोही स्थानमा पशुपति अन्नपूर्णा पर्सा जिल्ला धार्मिक समितिको पदाधिकारी तथा सदस्यहरुको सपथ ग्रहण समाराेह सम्पन्न भएकाे छ । धार्मिक समितिका अध्यक्ष मनोज कुमार गिरी, सचिव राजेश पटेल, कोषाध्यक्ष लक्षुमण साह लगायतलाई आश्रमका केन्द्रिय अध्यक्ष के.बी सम्राटले पद तथा गोपनियताको सपथ गराउनु भएको सचिव पटेलले बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपाकाे वीरगंजमा एउटै दिन एउटै समयमा दुई छुट्टाछुट्टै कार्यक्रम किन ?

वीरगंज । पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काे एकै दिन दुई छुट्टा कार्यक्रम आयाेजनाले गुटगत संकेत गरेकाे छ । राष्ट्रिय शोक दिवसका अवसरमा सोमबार...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...