21.1 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

जगरनाथपुरमा २ महिलासहित ३५ जनाद्वारा रक्तदान

वीरगंज । वीरगंज महानगरपालिकाे वडा नं. २२, जगरनाथपुरमा साेमबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

 पशुपति अन्नपूर्णा आश्रम केन्द्रिय समिति काठमाडौं र पशुपति अन्नपूर्णा आश्रम जिल्ला धार्मिक तथा युवा समिति पर्साको आयोजनामा भएकाे कार्यक्रममा २ महिलासहित ३५ जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगंजले जनाएको छ ।

जगरनाथपुरको बौद्धिमाई मन्दिर परिसरमा भएकाे कार्यक्रममा आयुस देवी, सुगान्धि देवी, महेश पटेल, मनोज गिरी, लक्षुमण साह कानु, हिमाञ्चल चौरसिया, सुरेश पटेल, कमलेश साह, राजेश पटेल, रबिन्द्र पटेल, अजय चौरसिया लगायतकाले रक्तदान गरेको आयोजक समितिले जनाएकाे छ ।

पुन्काल साह कानुको अध्यक्षता र पशुपति अन्नपूर्णा आश्रमका केन्द्रिय अध्यक्ष के.बी सम्राटकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा वीरगंज महानगरपालिकाका मेयर बिजय कुमार सरावगी, वडाध्यक्ष ग्यासुदिन मियाँ, धार्मिक युवा समितिका अध्यक्ष सुरेश पटेल, उपाध्यक्ष शिवशंकर प्रसाद कुर्मी लगायतको विशेष उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण धार्मिक युवा समितिका सचिव राजेश पटेलले गरेका थिए ।

“प्रत्येक स्वस्थ युवा, युवतीहरुको आफ्नो १८ औं वर्षको शुभजन्मोत्सवसँगै रक्तदानको शुभारम्भ गरौं” भन्ने मुल नाराका रक्तदान कार्यक्रमकाे आयाेजना गरिएकाे थियाे ।

रक्तदान कार्यक्रम पश्चात सोही स्थानमा पशुपति अन्नपूर्णा पर्सा जिल्ला धार्मिक समितिको पदाधिकारी तथा सदस्यहरुको सपथ ग्रहण समाराेह सम्पन्न भएकाे छ । धार्मिक समितिका अध्यक्ष मनोज कुमार गिरी, सचिव राजेश पटेल, कोषाध्यक्ष लक्षुमण साह लगायतलाई आश्रमका केन्द्रिय अध्यक्ष के.बी सम्राटले पद तथा गोपनियताको सपथ गराउनु भएको सचिव पटेलले बताए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

वीरगंजमा विभिन्न कार्यक्रम गरि विश्व पाेलियाे दिवस मनाइयाे

कालिका टाईम्स

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स
SQL requests:216. Generation time:4.887 sec. Memory consumption:81.47 mb