वीरगंज । कृषि ज्ञान केन्द्र पर्सामा १० करोड रकम फ्रिज भएको बिरुद्धमा समाजबादी युवा संघले कार्यालय अगाडी एक घण्टा धर्ना दिएकाे छ |
किसानको १० करोड अनुदान फ्रिज गर्ने कर्मचारी चाहिदैन, कृषिमा दलाल बिचौलिया अन्त्य गर, निकामा, भ्रस्टाचारी कर्मचारीलाई अबिलम्ब कारवाही गर, कृषि अनुदानमा कमिसनको चलखेल बन्द गर, गैर कृषकलाई कृषि कार्यालयमा प्रवेश निषेध गर, २० बर्ष देखि कब्जा जमाएका भ्रस्टचारी, दलाल कर्मचारीलाई अबिलम्ब सरुवा गर, भ्रस्टचारी कर्मचारी चाहिदैन, कृषि अनुदान लुटन पाइदैन र कर्मचारी सिन्डिकेट अन्त्य गरको नारा लगाउदै समाजबादी युवा संघका नेता कार्यकर्ताले धर्ना दिएका थिए |
जनता समाजबादी पार्टी नेपालका नेता एवं तत्कालिन समाजबादी पार्टीको केन्द्रिय सदस्य तथा समाजबादी युवा संघका केन्द्रिय सह-इन्चार्ज फिरोज मंसुरको नेतृत्वमा भएको धर्ना कार्यक्रममा कृषि ज्ञान केन्द्र पर्साका प्रमुख डा. रामचन्द्र यादवसंग कार्यालयको अवस्था र भएको अनुदान रकम फ्रिजको कारण बुझ्दा चितबुझदो नभएको कारण बिरोध गरिएको युवा संघका प्रदेश सदस्य शिव कुमार साहले वताए |
कृषि ज्ञान केन्द्रका स्थानीय कर्मचारीले गुटबन्दि गरि कार्यालयको कामकाज प्रभावकारी हुन नदिने एवं अनुदान रकम फ्रिज गराउने र कृषकलाई सेवा नदिने कर्मचारी बिरुद्धमा धर्ना दिएको अर्का प्रदेश सदस्य अजय साहले वताए |
साना सिंचाई कार्यक्रम, प्रधान मन्त्री कृषि आधुनिकीकरण परियोजना तर्फको ब्लक र पाकेट कार्यक्रम संचालन हुन नसकेको, प्रधान मन्त्री कृषि आधुनिकरण आयोजना संचालनको ब्लक गठनको लागि फिल्डमा जाने भ्रमण आदेश लिएर जाने तर दैनिक भ्रमण भत्ता खाई ब्लक र पाकेट गठन नगरेको बुझिएकाे छ |
धर्ना कार्यक्रममा युवा संघका केन्द्रिय सदस्य अजय यादव, प्रदेश सचिव कसीम अन्सारी, युवा नेताहरु शैलेश यादव, दिलखुस देवान, रामबाबु यादव, हसरत अन्सारी, रामभरोस यादव, रामजी महतो, बिरेन्द्र गुप्त र अब्दुल आलम लगायतको सहभागिता रहेको थियो |






