21.1 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

पर्साका ३ सहित थप ८ जनामा काेराेना संक्रमण पुष्टि

वीरगंज । पर्साका ३ सहित थप ८ जनामा काेराेना भाइरस (काेभिड १९) संक्रमण पुष्टि भएकाे छ । 

वीरगंजस्थित नारायणी अस्पतालकाे प्रयाेशालामा आइतबार गरिएकाे परिक्षणमा पर्साका ३ जना, बाराका ४ जना र सर्लाहीका एक जना गरि ८ जनामा काेराेना संक्रमण फेला परेकाे अस्पतालका प्रवक्ता डा. अतुलेश कुमार चाैरसियाले वताए ।

प्रवक्ता डा. चाैरसियाले दिएकाे जानकारी अनुसार पर्साकाे जिराभवानी गाउँपालिका वडा नं. ३ का २४ बर्षिय पुरुष, वडा नं. १ का ३८ बर्षिय पुरुष र वीरगंज महानगरपालिकाकाे वडा नं. ११ २७ बर्षिय पुरुष संक्रमित भएका छन् ।

त्यसैगरी, संक्रमित हुनेमा बाराकाे जितपुर सिमरा उपमहानगरपालिका वडा नं. २ का २८ बर्षिय पुरुष, करैयामाई गाउँपालिका वडा नं. १ का २२ बर्षिय पुरुष, कलैया उपमहानगरपालिकाकाे वडा नं. ७ का बर्षिय पुरुष र वडा नं. ११ का ५५ बर्षिय पुरुष रहेका छन् ।

त्यसैगरी, संक्रमित हुनेमा सर्लाहीकाे बलरा नगरपालिका वडा नं. ११ का २७ बर्षिय पुरुष रहेका छन् ।

संक्रमितहरुकाे सिटी भ्यालु १८ देखी ३० सम्म रहेकाे छ । आइतबार पर्साका ८४ र बाराका १३ जनाकाे स्वाबकाे नमुना पिसिआर बिधिबाट परिक्षण गरिएकाे प्रवक्ता डा. चाैरसियाले जानकारी दिए । 

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

वीरगंजमा विभिन्न कार्यक्रम गरि विश्व पाेलियाे दिवस मनाइयाे

कालिका टाईम्स

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स
SQL requests:216. Generation time:4.540 sec. Memory consumption:81.47 mb