Date
शनि, साउन २३, २०८३
Sat, August 8, 2026

प्रभु बैंक वीरगंज शाखाकाे अभद्र व्यवहारले सेवाग्राही आक्राेशित

spot_img
spot_img

वीरगंज । प्रभु बैंक वीरगंज, आदर्शनगर शाखाले सेवाग्राहरुसंग अभद्र व्यवहार गर्नुकाे साथै अपमान गरिरहेकाे छ । बैंकले सेवाग्रहरीहरुलाई बाहिर चर्काे घाममा खडा गरी आफ्नै पैसा झिकन र निकाल्न सास्ती दिइरहेकाे छ । 

काेराेना महामारीकाे समयमा पनि बैंककाे गेटमा सामाजिक दुरीकाे धजिया उडाउदै भिड लाग्ने गरेकाे छ । तर बैंक भित्र खाली र बस्ने ठाउँ भएपनि गार्डहरुले सेवाग्राहरुसंग अभद्र व्यहार गर्दै बाहिर गेट मै खडा गरी भिड लगाउने गरेका छन् ।

सेवाग्राहीले बाहिर घाम छ भित्र गएर बस्न दिनुस् न भन्दा पनि जान पाइदैन भन्दै अपशब्द प्रयाेग गर्दै अपमानसमेत गर्ने गरेका छन् । बैंक भित्र राखेकाे आफ्नै पैसा निकाल्न र जम्मा गर्न पनि बैंककाे अपमान सहन बाध्य भएका सेवाग्राहीहरु आक्राेशितसमेत भएका छन् ।

बैंककाे यस्ताे रवैयाले बैंक भित्र काेराेना भाइरस संक्रमण सर्ने र बाहिर जति भिड भाड गरे पनि नसर्ने देखिएकाे छ । 

जिल्ला प्रशासन कार्यालयले बैंक संचालन गर्दा समाजिक दुरीकाे पालना गर्नु पर्ने, अनिवार्य मास्क र सेनिटाइजरकाे प्रयाेग गर्नु पर्ने दिएकाे निर्देशनकाे समेत पालना नगरी बैंकले काेराेनाकाे जाेखिमसमेत बढाएकाे देखिन्छ ।

त्यसै सम्बन्धमा बैंकका प्रबन्धकसंग कुरा गर्न खाेज्दा गार्डहरुले पत्रकारकाे प्रबेशमा समेत राेक लगाएका छन् । पत्रकारले प्रबन्धक ज्यूसंग भेटनु छ, भन्दा पनि गार्डहरुले पत्रकारकाे प्रबेशमा राेक लगाउदै अपमानसमेत गरेका छन् । गार्डहरुलाई पत्रकारले आफ्नाे परिचय पत्र देखाउदा पनि बैंक भित्र प्रबेश गर्न दिएका छैनन् ।

गार्डले बैंककाे नम्बरमा कुरा गर्नुस भित्र जान पाइदैन भन्दै एक पत्रकारलाई अभद्र व्यवहार गर्दै अपमान गरेका हुन् ।

यस बिषयमा बैंकका प्रबन्धक राेहिनी अचार्यसंग कुरा गर्दा बैंक भित्र काेराेना सर्ने जाेखिम बढी भएका कारण सेवाग्राहीलाई बाहिर राेकिएकाे वताए । बाहिर सेवाग्राहरुलाई समाजिक दुरी पालना गरेर बस्न भन्दा पनि नमानेका कारण भिडभाड देखिएकाे भन्दै गैर जिम्मेवारपूर्ण जवाफ दिए ।

पत्रकारलाई समेत बैंक प्रबेशमा राेक लगाउनु भएकाे प्रश्नकाे जवाफमा बैंककाे नम्बरमा फाेन गरेर समय लिएर भेटन सकिने वताए । 

प्रभु बैंककाे यस्ताे रवैया एउटा प्रतिनिधि मूलक घटना मात्र हाे । यस्तै वीरगंजका अधिकांश बैंकहरुकाे रवैया रहेकाे छ । त्यसैले यसतर्फ सम्बन्धित निकायकाे ध्यान पुग्न जरुरी देखिन्छ ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्सा ट्राफिककाे ‘माेटरसाइकल चालकसँग २ मिनेट’ अभियान, सुरक्षित यात्राबारे सचेतना

वीरगंज । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले सडक दुर्घटना न्यूनीकरण तथा ट्राफिक नियमप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले ‘२ पाङ्ग्रे सवारी चालकसँग २ मिनेट’ नामक...

१३ दिनदेखि शवगृहमा लक्ष्मी सिलवालको शव, माइती पक्षद्वारा पुनः अनुसन्धानको माग

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिका–१ सिद्धपुरमा मृत अवस्थामा फेला परेकी ३७ वर्षीया लक्ष्मी खड्का सिलवालको शव १३ दिनदेखि वीरगंजस्थित नारायणी अस्पतालको शवगृहमा राखिएको...

पर्सामा २३ लाख ५८ हजार रुपैयाँभन्दा बढीका अवैध सामान बरामद

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण मुख्यालय पर्साले दुई दिनको कारबाहीमा रु. २३ लाख ५८ हजार ९० बराबरका अवैध सामान तथा...