Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

ट्रकमा घरेलु मदिरा तस्करी, एक हजार लिटर मदिरासहित ट्रक पक्राउ

spot_img
spot_img

वीरगंज । बारा प्रहरीले ट्रकमा अवैध घरेलु मदिरा बरामद गरेकाे छ । इलाका प्रहरी कार्यालय जितपुरबाट खटिइएको प्रहरी टोलीले जितपुर सिमरा उपमहानगरपालिकाकाे वडा नं. -७ स्थितबाट ट्रकमा एक हजरा घरेलु मदिरा बरामद गरेकाे हाे ।

आइतबार बिहान ०४:३० बजे सवारी साधन चेकजाँच गर्ने क्रममा हेटौंडाबाट वीरगंजतर्फ आउदै गरेको ना ६ ख ५४०४ नम्बरको ट्रक शंका लागि चेकजाँच गर्ने क्रममा ट्रकभित्र लुकाई छिपाई ल्याएको एक हजार लिटर अवैध घरेलु मदिरा बरामद भएकाे जिल्ला प्रहरी कार्यालय बाराले जनाएकाे छ ।

ना ६ ख ५४०४ नं.को ट्रकट्रकमा अबैध घरेलु मदिरा बरामद भएपछि ट्रक र ट्रक चालक मकवानपुरकाे हेटाैडा उपमहानगरपालिका वडा नं.१२ बस्ने वर्ष ३७ को भिमसेन पुलामी तथा सहचालक हेटाैडा उपमहानगरपालिका कै वडा नं. १४ बस्ने वर्ष ३३ को लक्ष्मण बललाई नियन्त्रणमा लिईएकाे प्रहरीले जनाएकाे छ ।

वरामद मदिरा र ट्रकसहित निजहरूलाई आवश्यक कारवाहीको लागी आन्तरिक राजश्व कार्यालय सिमरा, बारामा पठाइएकोमा रू.१ लाख ५५ हजार धरौटी माग भएको प्रहरी कार्यालय बाराले जनाएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

वीरगंजमा मेडिकल एसोसिएसन र औषधि प्रतिनिधिद्वारा चाडपर्वको शुभकामना आदानप्रदान

वीरगंज । नेपाल मेडिकल एसोसिएसन नारायणी र नेपाल मेडिकल एण्ड सेल्स रिप्रेजेन्टेटिभ एसोसिएसन वीरगंज एकाइको संयुक्त आयोजनामा दसैँ, दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना...

एसएसपी नवराज अधिकारी उत्कृष्ट प्रहरी कार्यालय व्यवस्थापन पुरस्कारबाट सम्मानित

वीरगंज । ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारी उत्कृष्ट प्रहरी कार्यालय व्यवस्थापन पुरस्कारबाट पुरस्कृत भएका छन् । नेपाल प्रहरी...

पटेर्वा सुगौलीमा दुर्व्यसनविरुद्ध युवाको अभियान, ३०० भन्दा बढीलाई सचेतना

वीरगंज । पर्साको पटेर्वा सुगौली गाउँपालिकामा युवामाझ बढ्दो मदिरा तथा लागुऔषध दुर्व्यसन न्यूनीकरण गर्ने उद्देश्यले युवाको नेतृत्वमा सचेतनामूलक अभियान सञ्चालन गरिएको छ । दिव्य विकास...