वीरगंज । बाराकाे जितपुर सिमरा उपमहानगरपालिका वडा नं. ७ स्थित पथलैया वीरगंज सडक खण्डबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्राएको कपडा बारा प्रहरीले बरामद गरेकाे छ ।
इलाका प्रहरी कार्यालय जितपुरबाट खटिएको प्रहरी चेकिङ टोलीले वीरगंजबाट जितपुरतर्फ गइरहेकाे ना २ च ६६७९ नं. को पिकअप गाडीलाई रोकी चेकजाँच गर्दा उक्त पिकपमा भारतबाट भन्सार छली ल्याएकाे मुल्य रू.११ लाख ५५ हजार ६ सय ८७ बराबरको कपडा फेला परेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएकाे छ ।
बरामद कपडा र अं. रू.२० लाख पर्ने उक्त पिकप र पिकअपका चालक वीरगंज महानगरपालिकाकाे वडा नं.२१ बस्ने वर्ष २२ को छोटेलाल पटेललाई नियन्त्रणमा लिएर आवश्यक कारवाहीको लागि राजश्व कार्यालय पथलैया बारामा बुझाइएको प्रहरी कार्यालयले बाराले जनाएकाे छ ।
यस्तै, इलाका प्रहरी कार्यालय निजगढ बाराबाट खटिएको प्रहरी टोलीले निजगढ नगरपालिका वडा नं.९ स्थित पूर्व पश्चिम राजमार्गबाट कर छलीकाे अलैची बरामद गरेकाे छ ।
सवारी चकजाँचको क्रममा सर्लाहीबाट वीरगंजतर्फ लादै गरेको प्रदेश नं.२-०३-००१ च ०४९७ नम्बरको पिकअपमा कर छली गरी लग्दै गरेको रू.एक लाख २८ हजार बराबरको ३ सय २० के.जि. अलैची फेला पारी बरामद गरिएकाे प्रहरीले जनाएकाे छ ।
बरामद अलैचरी र अं.मु. रू.६ लाख पर्ने उक्त पिकपसमेत आवश्यक कारवाहीको लागि राजश्व कार्यालय पथलैया बारामा बुझाइएको प्रहरी कार्यालय बारा प्रेस विज्ञप्तीमार्फत जनाएकाे छ ।