Date
आइत, अशोज ११, २०८३
Sun, September 27, 2026

नेपाली कांग्रेसका नेता रमेश रिजाल काेराेना पाेजिटिभ

spot_img
spot_img

वीरगंज । नेपाली कांग्रेसका केन्द्रिय सदस्य रमेश रिजाल काेराेना भाइरस (काेभिड १९) संक्रमित भएका छन् ।

पर्साकाे जगरनाथपुर गाउँपालिका वडा नं. ५ मसिहानी निवासी नेता रिजाल काेराेना संक्रमित भएकाे नेपाली कांग्रेस पर्सा क्षेत्र नं. ४ का सचिव श्रीकान्त यादवले वताए । नेता रिजाल काेराेना संक्रमित भएपनि कुनै किसिमकाे लक्षण नभएकाे उनले जानकारी गराए।

पार्टीकाे केन्द्रिय समितिकाे बैठकमा सहभागि हुन काेराेना परिक्षण गराउनु पर्ने भएकाेले आफु पनि पिसिआर परिक्षण गराउदा रिपाेर्ट पाेजिटिभ आएकाे नेता रिजालले वताए । रिपाेर्ट पाेजिटिभ आएपनि आफ्नाे स्वास्थ्य अवस्था ठिक रहेकाे नेता रिजालले जनाए ।

काेराेना परिक्षणकाे लागि पार्टीले नै काठमाडाैंबाट खटाएकाे टाेलीले शुक्रबार नेता रिजालकाे स्वाब संक्रलन गरेर लगेकाे थियाे । काठमाडाैंस्थि नै एक निजि अस्पतालकाे प्रयाेगशालामा गरिएकाे परिक्षणमा नेता रिजालमा काेराेना पाेजिटिभ देखिएकाे हाे ।

शनिबार सांझ रिपाेर्ट पाेजिटिभ आएपछि नेता रिजाल वीरगंज पानीटंकीस्थित रहेकाे आफ्नाे घरकाे हाेम आइसाेलेसमा बसेका छन् । काेराेना संक्रमित भएपछि नेता रिजाल साेमबारदेखी बस्ने पार्टीकाे केन्द्रिय समितिकाे बैठकमा सहभागि नहुने भएका छन् ।

नेता रिजाल काेराेना संक्रमित भएकै कारण पर्सा क्षेत्र नं. ४ काे कालिकामाई गाउँपालिकामा आयाेजना हुने पार्टी प्रबेश कार्यक्रम स्थगित भएकाे छ । नेता रिजाल संक्रमित भएपछि कालिकामाई गाउँपालिकाकाे वडा नं. १ मुडलीमा असाेज २४ गते शनिबार आयाेजना हुने पार्टी प्रबेश कार्यक्रमसमेत स्थगित गरिएकाे स्थानिय नेता छठु साहले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

राष्ट्रिय पहलवान पोखरियाका यादव २०औं एशियन गेम्समा कुस्ती प्रतियोगितामा सहभागी हुन जापान प्रस्थान

वीरगंज । नेपालका राष्ट्रिय स्तरका चर्चित पहलवान राज यादव जापानको आइची नागोया शहरमा आयोजना हुने २०औं एशियन गेम्स कुस्ती (पहलवानी) प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्न...

छिपहरमाई गाउँपालिकाको कांग्रेस सभापतिमा धुरेन्दर साह कानु

वीरगंज । नेपाली कांग्रेस छिपहरमाई गाउँपालिकाको सभापतिमा धुरेन्दर साह कानु सर्वसम्मत चयन भएका छन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सम्पन्न दोस्रो गाउँपालिका अधिवेशनले कानुलाई...

बाढीपीडितको चुल्हो बाल्न आम मुस्लिम मोर्चाको ग्यास सहयोग

काठमाडौं । आम जनता पार्टी (आजपा) निकट आम मुस्लिम मोर्चाले भोटेकोशी बाढीपीडितलाई ग्यास चुल्हो, सिलिन्डर तथा राहत सामग्री वितरण गरेको छ । मोर्चाले नुवाकोटको विदुरमा...