Date
आइत, अशोज ११, २०८३
Sun, September 27, 2026

पर्साका २ सहित थप ७ जनामा काेराेना संक्रमण पुष्टि

spot_img
spot_img

वीरगंज । पर्साका २ सहित थप ७ जनामा काेराेना भाइरस (काेभिड १९) संक्रमण पुष्टि भएकाे छ । 

नारायणी अस्पतालकाे प्रयाेगशालामा शनिबार गरिएकाे परिक्षणमा पर्साका २ जना, बाराका ४ जना र राैतहटका १ जनामा काेराेना संक्रमण फेला परेकाे अस्पतालका प्रवक्ता डा. अतुलेश कुमार चाैरसियाले वताए ।

संक्रमित हुनेहरु १९ बर्षदेखी ६५ बर्ष उमेर समुहकाे रहेकाे उनले जानकारी दिए । संक्रमितहरुकाे सिटी भ्यालु २३ देखी ३४ सम्म रहेकाे छ ।

प्रवक्ता डा. चाैरसियाका दिएकाे जानकारी अनुसार संक्रमित हुनेमा वीरगंज महानगरपालिकाकाे बहुवरी र पाेखरिया नगरपालिकाकाे वडा नं. २ का एक-एक जना रहेका छन् ।

बाराकाे कलैया उपमहानगरपालिका वडा नं. ५, पंचराैता गाउँपालिका वडा नं. ८, काेल्भी नगरपालिका वडा नं. ७  र करैयामाई गाउँपालिका वडा नं. ८ का एक-एक जनामा काेराेना पाेजिटिभ देखिएकाे हाे ।

यस्तै, संक्रमित हुनेमा राैतहटकाे पराेहा नगरपालिकाकाे वडा नं. ८ का एक जना रहेका डा. चाैरसियाले जानकारी गराए ।

उनका अनुसार शनिबार पर्साका ६० जना र बाराका ३६ जनाकाे स्वाबकाे नमुना पिसिआर बिधिबाट परिक्षण गरिएकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

राष्ट्रिय पहलवान पोखरियाका यादव २०औं एशियन गेम्समा कुस्ती प्रतियोगितामा सहभागी हुन जापान प्रस्थान

वीरगंज । नेपालका राष्ट्रिय स्तरका चर्चित पहलवान राज यादव जापानको आइची नागोया शहरमा आयोजना हुने २०औं एशियन गेम्स कुस्ती (पहलवानी) प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्न...

छिपहरमाई गाउँपालिकाको कांग्रेस सभापतिमा धुरेन्दर साह कानु

वीरगंज । नेपाली कांग्रेस छिपहरमाई गाउँपालिकाको सभापतिमा धुरेन्दर साह कानु सर्वसम्मत चयन भएका छन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सम्पन्न दोस्रो गाउँपालिका अधिवेशनले कानुलाई...

बाढीपीडितको चुल्हो बाल्न आम मुस्लिम मोर्चाको ग्यास सहयोग

काठमाडौं । आम जनता पार्टी (आजपा) निकट आम मुस्लिम मोर्चाले भोटेकोशी बाढीपीडितलाई ग्यास चुल्हो, सिलिन्डर तथा राहत सामग्री वितरण गरेको छ । मोर्चाले नुवाकोटको विदुरमा...