21.1 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

पर्साका २ सहित थप ७ जनामा काेराेना संक्रमण पुष्टि

वीरगंज । पर्साका २ सहित थप ७ जनामा काेराेना भाइरस (काेभिड १९) संक्रमण पुष्टि भएकाे छ । 

नारायणी अस्पतालकाे प्रयाेगशालामा शनिबार गरिएकाे परिक्षणमा पर्साका २ जना, बाराका ४ जना र राैतहटका १ जनामा काेराेना संक्रमण फेला परेकाे अस्पतालका प्रवक्ता डा. अतुलेश कुमार चाैरसियाले वताए ।

संक्रमित हुनेहरु १९ बर्षदेखी ६५ बर्ष उमेर समुहकाे रहेकाे उनले जानकारी दिए । संक्रमितहरुकाे सिटी भ्यालु २३ देखी ३४ सम्म रहेकाे छ ।

प्रवक्ता डा. चाैरसियाका दिएकाे जानकारी अनुसार संक्रमित हुनेमा वीरगंज महानगरपालिकाकाे बहुवरी र पाेखरिया नगरपालिकाकाे वडा नं. २ का एक-एक जना रहेका छन् ।

बाराकाे कलैया उपमहानगरपालिका वडा नं. ५, पंचराैता गाउँपालिका वडा नं. ८, काेल्भी नगरपालिका वडा नं. ७  र करैयामाई गाउँपालिका वडा नं. ८ का एक-एक जनामा काेराेना पाेजिटिभ देखिएकाे हाे ।

यस्तै, संक्रमित हुनेमा राैतहटकाे पराेहा नगरपालिकाकाे वडा नं. ८ का एक जना रहेका डा. चाैरसियाले जानकारी गराए ।

उनका अनुसार शनिबार पर्साका ६० जना र बाराका ३६ जनाकाे स्वाबकाे नमुना पिसिआर बिधिबाट परिक्षण गरिएकाे थियाे ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

वीरगंजमा विभिन्न कार्यक्रम गरि विश्व पाेलियाे दिवस मनाइयाे

कालिका टाईम्स

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स
SQL requests:216. Generation time:3.586 sec. Memory consumption:81.43 mb