Date
मङ्ल, अशोज ६, २०८३
Tue, September 22, 2026

धाेबिनी गापामा नेपाली कांग्रेसकाे कार्यकर्ता भेला सम्पन्न

spot_img
spot_img

वीरगंज । पर्साकाे धाेबिनी गाउँपालिकामा शनिबार नेपाली कांग्रेसकाे कार्यकर्ता भेला सम्पन्न भएकाे छ ।

गाउँपालिकाकाे वडा नं. ५ जगरनाथपुरमा भएकाे भेलालाई सम्बाेधन गर्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य रमेश रिजालले कम्युनिष्ट सरकार भ्रष्टचारकाे अलावा केही गर्न नसकेकाे आराेप लगाएका छन् । उनले कम्युनिष्ट सरकारसंग २ तिहाई बहुमत भए पनि भ्रष्टाचारकाे अलावा केही गर्न नसकेकाे वताए ।

नेता रिजालले कम्युनिष्टर सरकार करकाे दायर बढाएर जनतालाई दु:ख दिनुकाे साथै आफु भ्रष्टाचार गरिरहेकाे वताए । काेराेना महामारीकाे समयमा पनि कम्युनिष्ट सरकारका नेता तथा मन्त्रीहरुलाई लाज नलागेेकाे उनकाे भनाई थियाे ।

पार्टीका नेता तथा कार्यकर्ताहरुलाई एकजुट हुन आग्रह गर्दै रिजालले फागुनमा हुने पार्टीकाे अधिवेशनमा सहमतिकाे प्रयास गरिने वताए । 

बुथ सभापति गया यादवकाे अध्यक्षतामा भएकाे कार्यक्रममा प्रदेश सांसद शंकर चौधरी, नेपाली कांग्रेसका नेता बशिष्ट नारायण कुर्मी, रमेश पाण्डे, नविन सिंह, श्रीकान्त यादव, बब्लु श्रीवास्तव, सुरेश प्रसाद कुर्मी, राजेन्द्र प्रसाद कुर्मी, छठु साह, बलिष्टर अहमद लगायतकाले सहभागिता रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

शुक्रबारदेखि तीन दिन भारी वर्षाको सम्भावना, बाढी–पहिरो र डुबानको जोखिम

काठमाडौं । आगामी शुक्रबारदेखि आइतबारसम्म देशका धेरै ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले विशेष मौसम बुलेटिन जारी गर्दै केही स्थानमा...

प्रधानमन्त्री शाह आज अमेरिका प्रस्थान गर्दै

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री वालेन्द्र शाह आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दै...

त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु

वीरगंज । त्रिपुरेश्वरमा सोमबार बसमा भएको आगलागीमा परी गम्भीर घाइते भएका चालकको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा २५ वर्षीय चालक दावा लामा रहेका...