31.7 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

इप्रका पाेखरियाका प्रहरी निरिक्षक सिंहकाे बिदाई तथा सम्मान

वीरगन्ज । इलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी निरीक्षक चन्द्र कुमार सिंहलाई आज एक कार्यक्रम बिच विदाई तथा सम्मान गरिएको छ । ब्रिलिएन्ट युवा क्लब कालिकामाई गाउँपालिका वडा नं. २ भेडिहारीले प्रहरी प्राधान कार्यालय सरुवा भएका प्रहरी निरिक्षक सिंहलाई बिदाई तथा सम्मान गरेकाे हाे । 

कार्यक्रमका प्रमुख अतिथि पोखरीया नगरपालिकाका मेयर दीपनारायण रौनियार र ब्रिलिएन्टयुवा क्लबकाका अध्यक्ष छठु साहले संयुक्त रुपमा प्रहरी निरिक्षक सिंहलाई प्रशंसा पत्रले सम्मान गर्दै दाेसल्ला तथा खादा ओढाएर बिदाई गरेका थिए ।

कार्यक्रमलाई सम्बाेधन गर्दै मेयर राैनियारले प्रहरी निरिक्षक सिंहकाे कार्यकाल समग्रमा राम्रा र प्रशंंसा याेग्य रहेकाे वताए । उनले पाेखरियाकाे लागि सिंह जस्तै नै प्रहरी निरिक्षक चाहिने वताउदै सरुवा हुदा दु:ख लागेकाे वताए ।

ब्रिलिएन्ट युवा क्लबका अध्यक्ष छठु साहले प्रहरी निरिक्षक सिंह काेराेना महामारीकाे समयमा पनि राम्राे काम गरेकाेले प्रशंसा गर्दै सम्मान गरिएकाे वताए । गैर सरकारी  संस्था महासंघ नेपाल पर्साका अध्यक्षसमेत रहेका साहले प्रहरी निरिक्षक सिंहले शान्ति सुरक्षाकाे साथ साथै सामाजिक क्षेत्रकामा पनि राम्राे काम गरेकाे वताए ।  

प्रहरी निरिक्षक सिंहले आफु जनप्रतिनिधि, स्थानिय गैर सरकारी संस्था, पत्रकार लगायतकाे सहयाेगमा काम गरेकाे र सबैकाे सहयाेग पाएकाे वताए ।

सिंहले आधा दर्जन जति जघन्य अपराधकाे सहि अनुसन्धान गर्नुकाे साथै, लागु औषध र घरेलु मदिरा नियन्त्रण गर्न सफल भएकाे वताए । यसका साथ साथै आफुले १४ महिने कार्यकालमा एक कराेड भन्दा बढी अवैध समान बरामद गरि भन्सार बुझाएकाे वताए ।

इलाका प्रहरी कार्यालय पाेखरियामा भएकाे कार्यक्रमकाे संचालन ब्रिलिएन्ट युवा क्लबका सदस्यसमेत रहेका पत्रकार शम्भु कुमार सुमनले गरेका थिए ।

इलाका प्रहरी कार्यालयमा पाेखरियाकाे नयाँ प्रहरी निरिक्षकमा अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगमा कार्यरत दिपक थापा आउने भएका छन् ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:217. Generation time:6.435 sec. Memory consumption:81.51 mb