7 April 2025
KALIKATIMES.COM

भारतिय राजदूतावासद्वारा साहिब दरबारलाई एम्बुलेन्स सहयाेग

वीरगंज । गान्धी जयन्ति अर्थात अन्तराष्ट्रिय अहिंसा दिवसको अवसरमा भारत सरकारले नेपालका विभिन्न संघ संस्थाहरुलाई एम्बुलेन्सलगायतका वहानहरु सहयोग गरेको छ ।

महात्मा गान्धीको १५१ औँ जन्म जयन्तीका अवसरमा भारतीय राजदूतावास काठमाडौंले साहिब दरबार सेवा संस्थान वीरगंजलाई पनि एक थान एम्बुलेन्स सहयाेग गरेकाे छ । लामाे समयदेखी परोपकारी काम गर्दै आएको साहिब दरबार सेवा संस्थानलाई पनि भारतिय दुतावासले एम्बुलेन्स सयोग गरेको हो ।

गांधी जयन्तीको अवसर पारी भारतीय दुतावासले साहिब दरबार सेवा संस्थानलाई एम्बुलेन्स सहयाेग गरेकाे संस्थाका अध्यक्ष राजेशमान सिंहले जानकारी दिए ।

संस्थाले एम्बुलेन्स पाउन साथ सामाजिक सेवामा थप जिम्मेवारी थपिएकाे उनले प्रतिक्रिया दिए । “उनले भने समाजिक क्षेम अब एक पाइला अगाडि बढेको छ । संस्थाले एम्बुलेन्स पाउन साथ थप जिम्मेवारी बढेकाे छ, एमबुलेन्स सहयाेग गरिदिने भारतिय दुतावासलाई धन्यावाद छ ।” 

यस्तै, भारतिय दुतावास काठमाडाैंले विभिन्न सरकारी, गैरसरकारी एवम् गैरनाफामूलक संघ संस्थाहरुलाई ४१ वटा एम्बुलेन्स र ६ वटा बस उपहार स्वरुप प्रदान गरेको छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

अझै पनि परम्परागत ढक तथा तराजुकाे प्रयोग, घाटा व्यहोर्नु परेको गुनासो

कालिका टाईम्स

वीरगंजमा टी२० महिला तथा पुरुष क्रिकेट प्रतियोगिता सुरु

कालिका टाईम्स

नगर प्रमुख पाठककाे अभिव्यक्ति प्रति कांग्रेसकाे आपत्ति, विवादित शिक्षक नियुक्ति रद्द गरि पुन: गर्न माग

कालिका टाईम्स
SQL requests:215. Generation time:7.926 sec. Memory consumption:82.5 mb