वीरगंज । वडा प्रहरी कार्यालय श्रीपुरले कुटपिटमा संलग्नहरुलाई उन्मुक्ति दिएपछि प्रहरी प्रतिको जनविश्वास गुम्न थालेको छ । नेपाल पत्रकार महासंघको सभाहलमा आज पिडित राकेश साह र रमेश पासवानले पत्रकार सम्मेलन गरि सो गुनासो गरेका हुन ।
घटना बिवरण अनुसार असोज १३ गते बिहान ८ः३० बजे रमेश पासवानका छोरा अजय पासवानलाई बाटोमा कुटपिट गरिरहेको देखेपछि सुजित साहले झगडा छोडाएको केहि समय पछि वीरगंज २३ प्रसौनी बिर्ताका ईमरान अंसारी, ईरफान अंसारी, खुरसिद अंसारी, नुरसिद अंसारी, ग्यासुदिन मियाँ, मनिफ अंसारी र कमरोदा अंसारीसहितको हुलले स्थानिय राकेश साहको घरमा प्रवेश गरि तिन बर्षकि छोरी आरुषि साह, भाई सुजित साह, आमा धर्मशिला देवी स्थानिय अजय पासवान र निरज श्रेष्ठलाई कुटपिट गरि गम्भिर घाइते बनाएको पीडितहरुले बताएका छन् ।
कुटपिटबाट गम्भिर घाईते धर्मशिला देवी र सुजित साहको वीरगंज न्युरो हस्पिटल पानीटंकी र अजय पासवानको सुर्य हस्पिटलमा उपचार भईरहेको जनाइएको छ । कुटपिट गर्ने बिरुद्ध जाहेरी दिदा समेत प्रहरीले जाहेरी नलिई थप पिडा दिने काम गरेको पत्रकार सम्मेलनमा पीडित राकेश साहले बताए ।
वडा प्रहरी कार्याल श्रीपुरका प्रहरी निरिक्षक दिपक साहले पक्राउ गरेका चार जनालाई समेत छोडेर पिडितलाई थप पिडा दिने काम गरेको साहले गुनासाे गरे । पिडितको उपचार भईरहेको बेला आक्रमण गर्नेलाई उन्मुति दिई घटना दवाउन प्रहरीे नै सक्रिय रहनुले प्रहरी नै दोषीलाई उन्मूक्ति दिने र निर्दोषलाई झन त्रसित बनाउने काममा लाग्नुले कानूनी राजको समेत उपहास भएको पीडित पक्षकाे गुनासाे छ ।
असोज १८ गते आईतबार सम्म प्रहरीले जाहेरी लिएन भने स्थानीय न्यायका पक्षधरको बीचमा जाने र सडक आन्दोलन गर्ने चेतावनीसमेत पत्रकार सम्मेलनमा अर्का पीडित रमेस पासवानले दिएका छन । पत्रकार सम्मेलनमा स्थानिय प्रहलाद गुप्ता लगायत स्थानियहरुको सहभागिता रहेको थियो ।






