Date
आइत, अशोज ११, २०८३
Sun, September 27, 2026

कालिकामाईका ११ सहित थप ३३ जनामा काेराेना संक्रमण पुष्टि

spot_img
spot_img

वीरगंज । पर्सामा थप २३ जनामा काेराेना भाइरस (काेभिड १९) संक्रमण पुष्टि भएकाे छ ।  नारायणी अस्पतालकाे प्रयाेेगशालामा बिहिबार गरिएकाे परिक्षणमा पर्साका २३ सहित थप ३३ जनामा काेराेना संक्रमण फेला परेकाे हाे ।

संक्रमित हुनेमा ९ महिला र २४ पुरुष रहेका छन् । संक्रमितहरुकाे सिटी भ्यालु १८ देखी ३५ रहेकाे छ ।

पर्साकाे १७८ जना र बाराकाे २३ जनाकाे स्वाबकाे नमुना पिसिआर बिधिबाट बिहिबार परिक्षण गर्दा पर्साका २३ र बाराका ९ जनामा संक्रमण फेला परेकाे नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश कुमार चाैरसियाले जानकारी दिए ।

प्रवक्ता डा. चाैरसियाले दिएकाे जानकारी अनुसार संक्रमित हुनेमा पर्साकाे कालिकामाई गाउँपालिकाकाे सबै भन्दा बढी ११ जना रहेका छन् । कालिकामाई गाउँपालिकाकाे वडा नं. १ का ७ जना, वडा नं. २ का २ जना, वडा नं. ३ र ४ का एक-एक जना संक्रमित भएका हुन् । 

कालिकामाईका संक्रमितहरुमा २ जना स्वास्थ्यकर्मी र २ जना कार्यालय सहयाेगिसमेत रहेका छन् ।

यस्तै वीरगंज आर्मी ब्यारकका २ जना, पाेखरिया नगरपालिकाकाे वडा नं. १ काे २ जना, सखुवा प्रसाैनी गाउँपालिकाकाे वडा नं. १ का ३ जना, वीरगंज महानगरपालिकाकाे वडा नं. ८, २, ११ र धाेबिनी गाउँपालिकाकाे वडा नं. २ का एक-एक जना संक्रमित भएका छन् । वीरगंज महानगरपालिकाकाे एक जना अझै संक्रमित भएपनि वडा खुल्न सकेकाे छैन ।

यस्तै, बाराकाे जिल्ला प्रहरी कार्यालयका २ जना, काेल्भी नगरपालिकाकाे वडा नं. ४, पंचराैता नगरपालिकाकाे वडा नं. १, बारागढी नगरपालिका वडा नं. १, सिम्राैनगढ नगरपालिका वडा नं. ९, निजगढ नगरपालिका वडा नं. ३१ र महागढीमाई नगरपालिका वडा नं. ९ का एक-एक जना संक्रमित भएकाे प्रवक्ता डा. चाैरसियाले जानकारी गराए ।

यस्तै, संक्रमित हुनेमा सिरहाकाे लहानका पनि एक जना रहेकाे डा. चाैरसियाले वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

राष्ट्रिय पहलवान पोखरियाका यादव २०औं एशियन गेम्समा कुस्ती प्रतियोगितामा सहभागी हुन जापान प्रस्थान

वीरगंज । नेपालका राष्ट्रिय स्तरका चर्चित पहलवान राज यादव जापानको आइची नागोया शहरमा आयोजना हुने २०औं एशियन गेम्स कुस्ती (पहलवानी) प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्न...

छिपहरमाई गाउँपालिकाको कांग्रेस सभापतिमा धुरेन्दर साह कानु

वीरगंज । नेपाली कांग्रेस छिपहरमाई गाउँपालिकाको सभापतिमा धुरेन्दर साह कानु सर्वसम्मत चयन भएका छन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सम्पन्न दोस्रो गाउँपालिका अधिवेशनले कानुलाई...

बाढीपीडितको चुल्हो बाल्न आम मुस्लिम मोर्चाको ग्यास सहयोग

काठमाडौं । आम जनता पार्टी (आजपा) निकट आम मुस्लिम मोर्चाले भोटेकोशी बाढीपीडितलाई ग्यास चुल्हो, सिलिन्डर तथा राहत सामग्री वितरण गरेको छ । मोर्चाले नुवाकोटको विदुरमा...