21.1 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

कालिकामाईका ११ सहित थप ३३ जनामा काेराेना संक्रमण पुष्टि

वीरगंज । पर्सामा थप २३ जनामा काेराेना भाइरस (काेभिड १९) संक्रमण पुष्टि भएकाे छ ।  नारायणी अस्पतालकाे प्रयाेेगशालामा बिहिबार गरिएकाे परिक्षणमा पर्साका २३ सहित थप ३३ जनामा काेराेना संक्रमण फेला परेकाे हाे ।

संक्रमित हुनेमा ९ महिला र २४ पुरुष रहेका छन् । संक्रमितहरुकाे सिटी भ्यालु १८ देखी ३५ रहेकाे छ ।

पर्साकाे १७८ जना र बाराकाे २३ जनाकाे स्वाबकाे नमुना पिसिआर बिधिबाट बिहिबार परिक्षण गर्दा पर्साका २३ र बाराका ९ जनामा संक्रमण फेला परेकाे नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश कुमार चाैरसियाले जानकारी दिए ।

प्रवक्ता डा. चाैरसियाले दिएकाे जानकारी अनुसार संक्रमित हुनेमा पर्साकाे कालिकामाई गाउँपालिकाकाे सबै भन्दा बढी ११ जना रहेका छन् । कालिकामाई गाउँपालिकाकाे वडा नं. १ का ७ जना, वडा नं. २ का २ जना, वडा नं. ३ र ४ का एक-एक जना संक्रमित भएका हुन् । 

कालिकामाईका संक्रमितहरुमा २ जना स्वास्थ्यकर्मी र २ जना कार्यालय सहयाेगिसमेत रहेका छन् ।

यस्तै वीरगंज आर्मी ब्यारकका २ जना, पाेखरिया नगरपालिकाकाे वडा नं. १ काे २ जना, सखुवा प्रसाैनी गाउँपालिकाकाे वडा नं. १ का ३ जना, वीरगंज महानगरपालिकाकाे वडा नं. ८, २, ११ र धाेबिनी गाउँपालिकाकाे वडा नं. २ का एक-एक जना संक्रमित भएका छन् । वीरगंज महानगरपालिकाकाे एक जना अझै संक्रमित भएपनि वडा खुल्न सकेकाे छैन ।

यस्तै, बाराकाे जिल्ला प्रहरी कार्यालयका २ जना, काेल्भी नगरपालिकाकाे वडा नं. ४, पंचराैता नगरपालिकाकाे वडा नं. १, बारागढी नगरपालिका वडा नं. १, सिम्राैनगढ नगरपालिका वडा नं. ९, निजगढ नगरपालिका वडा नं. ३१ र महागढीमाई नगरपालिका वडा नं. ९ का एक-एक जना संक्रमित भएकाे प्रवक्ता डा. चाैरसियाले जानकारी गराए ।

यस्तै, संक्रमित हुनेमा सिरहाकाे लहानका पनि एक जना रहेकाे डा. चाैरसियाले वताए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

वीरगंजमा विभिन्न कार्यक्रम गरि विश्व पाेलियाे दिवस मनाइयाे

कालिका टाईम्स

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स
SQL requests:216. Generation time:3.899 sec. Memory consumption:81.4 mb