Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

लाेक सेवाकाे फर्जी परिक्षा लिने नक्कली इन्सपेक्टरसहित ६ जना पक्राउ

spot_img
spot_img
वीरगंज । लोक सेवा आयोगबाट हुने प्रहरी सहायक निरीक्षक, राष्ट्रिय अनुसन्धान विभागको सहायक सूचक र खरिदारको फर्जी लिखित परीक्षा संचालन गर्ने नक्कली प्रहरी निरिक्षक (इन्सपेक्टर) सहित ५ जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।
 
बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा र वडा प्रहरी कार्यालय विर्ताबाट गएकाे प्रहरी टाेलीले वीरगंज महानगरपालिकाकाे वडा नं. १६ स्थितमा रहेको देव पार्टी प्यालेसमा छापामारी गरी फर्जी परिक्षा संचालन गर्ने प्रहरी पाेसाक मै रहेका नक्कली इन्सपेक्टरसहित ६ जनालाई पक्राउ गरेकाे हाे ।
 

प्रकाउ पर्नेमा बारा जितपुर सिमरा उपमहानगरपालिका–७ चौधरी टोल निवासी २९ वर्षीय अजयकुमार राय (नक्कली इन्सपेक्टर), परीक्षा संचालनमा सहयोग गर्ने जितपुर सिमरा उपमहानगरपालिका कै वडा नं.५ बस्ने बर्ष ५७ को हिरालाल महतो, साेही ठाउँका बर्ष २८ को बसन्त चौधरी, वीरगंज महानगरपालिकाकाे वडा नं.१६ बस्ने बर्ष २१ को रवि कुमार चौरसिया, पकाहा मैनपुर गाउँपालिकाकाे वडा नं.५ सबैठवा बस्ने बर्ष ४७ को शिव नारायण चौरसिया र वीरगंज महानगरपालिका वडा नं.२७ रानीघाट बस्ने बर्ष २५ को रामजी चौरसिया रहेका छन् ।

बारा, पर्सा र सर्लाही समेतका परीक्षार्थी २१ जना सम्मिलित रहेको फर्जी परिक्षा संचालन गरी ठग्गी गर्ने निजहरुलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।
 
प्रक्राउ परेका जितपुरी सिमराका अजय कुमार राय (नक्कली प्रहरी निरिक्षक) बिभिन्न व्यक्तिहरुलाई फोन गरी बोलाएको, उक्त परीक्षा दिने परीक्षार्थीहरुसंग नेपाल प्रहरी सहायक निरीक्षक, राष्ट्रिय अनुसन्धान विभागको सहायक सूचक र निजामति खरिदार समेतमा जागिर लगाई दिन्छु भनी विगत ९ महिनादेखि प्रहरी चौकी परवानीपुर, ईलाका प्रहरी कार्यालय नगवा पर्सामा गई म प्रहरी निरीक्षक हुँ भनी परिचयसमेत दिदै हिडेको अनुसन्धानबाट खुलेकाे छ ।
 
जिल्ला प्रहरी कार्यालय बाराबाट २०७२ सालमा सरकारी छाप दस्तखत किर्ते मुद्दामा निजलाई पुर्पक्षको लागि ११० दिन बीरगंज कारागार कैद सजाय भुक्तान गरेको रायलाई प्रहरी निरीक्षक पोशाकमा नक्कली प्रहरी सहायक निरीक्षकको प्रवेश पत्र २ थान, राष्ट्रिय अनुसन्धान विभागको सहायक सूचक पदको प्रवेश पत्र २१ थान, ऐ.को प्रश्न पत्र २६ थान, खरिदारको प्रवेश पत्र १ थान सहित निजलाई प्रहरी निरीक्षक पोशाकमै पक्राउ गरीएकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता मनाेजित कुंवरले वताए ।
 
उक्त परीक्षा परीक्षा दिने बारा कोल्बी न.पा. वडा नं.७ धोधरपा बस्ने बर्ष २१ को राजेश रामसंग रु. २० हजार, बीरगंज महानगरपालिका वडा नं.२ छप्कैया बस्ने बर्ष २३ को सुनिल महतो, पर्साकाे बहुदरमाई न.पा.वडा नं.४ बस्ने बर्ष २३ को जितेन्द्र महतो, पर्सागढी न.पा.वडा नं.१ बस्ने बर्ष २६ को रामकिशोर राई थारुसंग रु. एक-एक हजार, बीरगंज महानगरपालिकाकाे वडा नं.३१ बस्ने बर्ष २६ को सुनिल शर्मासंग रु.२६ हजार, साेही ठाउँ बस्ने बर्ष २७ को सन्तोष रामसंग रु.२५ हजार, बर्ष २६ को अशोक साह तेलीसंग रु.२१ हजार, बीरगंज महानगरपालिका वडा नं.३२ बस्ने बर्ष २५ को राजन कुमार पटेलसंग रु.३५ हजार ठगि गरेकाे खुलेकाे छ ।
 
यस्तै, बाराकाे जितपुर सिमरा उपमहानगरपालिका वडा नं.७ बस्ने बर्ष २१ को शत्रुधन साह कलवारसंग रु १५ हजार, वडा नं.११ बस्ने बर्ष २८ को राम प्रवेश रामसंग रु.२१ हजार, पर्सा छिपहरमाई गा.पा.वडा नं.१ बस्ने बर्ष १९ को संजय कुमार साहसंग रु.२४ हजार, पकाहामैनपुर गाउँपालिका वडा नं.४ बस्ने बर्ष १९ को राकेश चौरसियासंग रु.१ लाख ५० हजार (परीक्षामा उतिर्ण भए पश्चात लिने शर्तमा) र बीरगंज महानगरपालिकाकाे वडा नं.१६ बस्ने बर्ष २० को अरबिन्द कुमार चौरसियासंग रु.२१ हजार गरी जम्मा रु.३ लाख ६१ हजार ठगेका छन् ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

वीरगंजमा मोटरसाइकलको डिक्कीबाट साढे ४ लाख भारतीय रुपैयाँ बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्साको वीरगन्जमा स्रोत नखुलेको ४ लाख ५० हजार भारतीय रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। वीरगन्ज महानगरपालिका–१६ रजतजयन्ती चोकमा नियमित चेकजाँचका क्रममा...

क्यासिनो प्रकरण : गाउँपालिका अध्यक्ष यादवसहित आठै जनाको ४ दिन म्याद थप

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यसवन्त यादव र प्रहरी निरीक्षक प्रदीप पौडेलसहित क्यासिनोबाट पक्राउ परेका आठै जनामाथि अनुसन्धान गर्न थप चार दिनको...

१० दिनपछि सुरुङबाट उद्धार गरिएका सञ्जय साह उपचारपछि घर फर्किए

वीरगंज । बाढीका कारण त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङभित्र १० दिनसम्म फसेर उद्धार गरिएका सञ्जय साह उपचारपछि घर फर्किएका छन्। सुरुङबाट उद्धार गरिएपछि उनलाई उपचारका लागि...