21.1 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

वीरगंजमा उपचाररत राैतहटकाे काेराेना संक्रमित पुरुषकाे मृत्यु

वीरगंज । नेशनल मेडिकल कलेज काेराेना अस्पताल वीरगंजमा उपचारत एक काेराेना संक्रमितकाे आज विहान मृत्यु भएकाे छ ।

मृत्यु हुनेमा राैतहटकाे इशनाथ नगरपालिका वडा नं. ४, महुलियाका ७४ बर्षिय पुरुष रहेका छन् । उनकाे आज विहान ८:२५  बजे मृत्यु भएकाे अस्पतालका संयाेजक डा. असरफ हुसेनले जानकारी दिए ।

मृतक वृद्धमा असाेज ८ गते काेराेना संक्रमण पुष्टि भएपछि असाेज ९ गते वीरगंजकाे नागवास्थित बाबा हाेटलमा संचालित नेशनल मेडिकल कलेज अस्थायी काेराेना अस्पतालमा भर्ना गरिएकाे थियाे । मुटु राेगीसमेत रहेकाे उनकाे उपचारकाे क्रममा मृत्यु भएकाे डा. हुसेनले वताए । 

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

वीरगंजमा विभिन्न कार्यक्रम गरि विश्व पाेलियाे दिवस मनाइयाे

कालिका टाईम्स

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स
SQL requests:216. Generation time:4.350 sec. Memory consumption:81.46 mb