Date
आइत, अशोज ११, २०८३
Sun, September 27, 2026

वीरगंजका २४ सहित थप ३० जनामा काेराेना संक्रमण पुष्टि

spot_img
spot_img

वीरगंज । पर्साका २४ सहित थप ३० जनामा काेराेना भाइरस (काेभिड १९) संक्रमण पुष्टि भएकाे छ ।

नारायणी अस्पतालकाे प्रयाेगशालामा बुधबार गरिएकाे परिक्षणमा १० महिलासहित ३० जनामा काेराेना पाेजिटिभ देखिएकाे अस्पतालका प्रवक्ता डा. अतुलेश कुमार चाैरसियाले जानकारी दिए । थपिएका संक्रमितहरु ९ बर्षिय बालकदेखी ६९ बर्षिय वृद्ध सम्म रहेका छन् ।

विभिन्न ठाउँका ९६ जनाकाे स्वाबकाे नमुना पिसिआर बिधिबाट परिक्षण गर्दा पर्साका २४, बाराका ३, राैतहटका २ र सर्लाहीका एक जनामा काेराेना संक्रमित भेटिएकाे डा. चाैरसियाले वताए ।

प्रवक्ता डा. चाैरसियाका अनुसार पर्साका सम्पुर्ण संक्रमितहरु वीरगंज महानगरपालिकाकाे विभिन्न वडाका रहेका छन् । वीरगंज महानगरपालिकाकाे वडा नं. ४, ११, १२, १५, १९, २४ का एक-एक जना, वडा नं. १३, १४ का ४-४ जना, वडा नं. २ र १६ का २-२ जनामा संक्रमित भेटिएकाे जिल्ला प्रशासन कार्यालयका पर्साले जनाएकाे छ ।

वीरगंज महानगरपालिका कै ६ जना संक्रमितकाे वडा खुल्न नसकेकाे जिल्ला प्रशासन कार्यालयका अधिकृत विनय श्रीवास्तवले वताए । 

बाराकाे महागढीमाई नगरपालिका, कलैया उपमहानगरपालिका र प्रसाैनी गाउँपालिकाकाे एक-एक जना संक्रमित भएका छन् ।राैतहटकाे कटहरिया नगरपालिका र फतुवा विजयपुर नगरपालिकाकाे एक-एक जनामा संक्रमण देखिएकाे छ ।

त्यसैगरी, संक्रमण पुष्टि हुनेमा सर्लाहीकाे बसबरिया गाउँपालिकाकाे एक जना रहेकाे डा. चाैरसियाले जानकारी गराए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

राष्ट्रिय पहलवान पोखरियाका यादव २०औं एशियन गेम्समा कुस्ती प्रतियोगितामा सहभागी हुन जापान प्रस्थान

वीरगंज । नेपालका राष्ट्रिय स्तरका चर्चित पहलवान राज यादव जापानको आइची नागोया शहरमा आयोजना हुने २०औं एशियन गेम्स कुस्ती (पहलवानी) प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्न...

छिपहरमाई गाउँपालिकाको कांग्रेस सभापतिमा धुरेन्दर साह कानु

वीरगंज । नेपाली कांग्रेस छिपहरमाई गाउँपालिकाको सभापतिमा धुरेन्दर साह कानु सर्वसम्मत चयन भएका छन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सम्पन्न दोस्रो गाउँपालिका अधिवेशनले कानुलाई...

बाढीपीडितको चुल्हो बाल्न आम मुस्लिम मोर्चाको ग्यास सहयोग

काठमाडौं । आम जनता पार्टी (आजपा) निकट आम मुस्लिम मोर्चाले भोटेकोशी बाढीपीडितलाई ग्यास चुल्हो, सिलिन्डर तथा राहत सामग्री वितरण गरेको छ । मोर्चाले नुवाकोटको विदुरमा...