21.1 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

वीरगंजका २४ सहित थप ३० जनामा काेराेना संक्रमण पुष्टि

वीरगंज । पर्साका २४ सहित थप ३० जनामा काेराेना भाइरस (काेभिड १९) संक्रमण पुष्टि भएकाे छ ।

नारायणी अस्पतालकाे प्रयाेगशालामा बुधबार गरिएकाे परिक्षणमा १० महिलासहित ३० जनामा काेराेना पाेजिटिभ देखिएकाे अस्पतालका प्रवक्ता डा. अतुलेश कुमार चाैरसियाले जानकारी दिए । थपिएका संक्रमितहरु ९ बर्षिय बालकदेखी ६९ बर्षिय वृद्ध सम्म रहेका छन् ।

विभिन्न ठाउँका ९६ जनाकाे स्वाबकाे नमुना पिसिआर बिधिबाट परिक्षण गर्दा पर्साका २४, बाराका ३, राैतहटका २ र सर्लाहीका एक जनामा काेराेना संक्रमित भेटिएकाे डा. चाैरसियाले वताए ।

प्रवक्ता डा. चाैरसियाका अनुसार पर्साका सम्पुर्ण संक्रमितहरु वीरगंज महानगरपालिकाकाे विभिन्न वडाका रहेका छन् । वीरगंज महानगरपालिकाकाे वडा नं. ४, ११, १२, १५, १९, २४ का एक-एक जना, वडा नं. १३, १४ का ४-४ जना, वडा नं. २ र १६ का २-२ जनामा संक्रमित भेटिएकाे जिल्ला प्रशासन कार्यालयका पर्साले जनाएकाे छ ।

वीरगंज महानगरपालिका कै ६ जना संक्रमितकाे वडा खुल्न नसकेकाे जिल्ला प्रशासन कार्यालयका अधिकृत विनय श्रीवास्तवले वताए । 

बाराकाे महागढीमाई नगरपालिका, कलैया उपमहानगरपालिका र प्रसाैनी गाउँपालिकाकाे एक-एक जना संक्रमित भएका छन् ।राैतहटकाे कटहरिया नगरपालिका र फतुवा विजयपुर नगरपालिकाकाे एक-एक जनामा संक्रमण देखिएकाे छ ।

त्यसैगरी, संक्रमण पुष्टि हुनेमा सर्लाहीकाे बसबरिया गाउँपालिकाकाे एक जना रहेकाे डा. चाैरसियाले जानकारी गराए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

वीरगंजमा विभिन्न कार्यक्रम गरि विश्व पाेलियाे दिवस मनाइयाे

कालिका टाईम्स

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स
SQL requests:216. Generation time:2.998 sec. Memory consumption:81.4 mb