Date
आइत, अशोज ११, २०८३
Sun, September 27, 2026

कर्मचारी निधनकाे शाेकमा जगरनाथपुर गाउँपालिकामा सार्वजनिक बिदा

spot_img
spot_img

वीरगंज । पर्साको जगरनाथपुर गाउँपालिकाले बुधबार गाउँपालिकामा सार्वजनीक बिदा दिएको छ । गाउँपालिकाकाे स्वाथ्य शाखामा कार्यरत ५८ वर्षिय सि.अ.हे.ब. छैठाे तहका अधिकृत रामसकिल साहको मृत्यु भएकाे शाेकमा एक दिन बिदा दिइएको हाे ।

गाउँपालिका कार्यालय लगायत मातहतका समुर्ण निकायका कार्यालयमा सार्वजनिक बिदा दिइएकाे गाउँपालिका कार्यालयका दिपेन्द्र चाैधरीले वताए ।

गाउँपालिकाले मंगलबार श्रद्धान्जली सभासमेत गरेकाे उनले जानकारी गराए । गाउँपालिका अध्यक्ष जालिम मियाँकाे अध्यक्षतामा भएकाे श्रद्धान्जली सभामा जनप्रतिनिधि तथा कर्मचारीहरुकाे सहभागिता रहेकाे थियाे ।

साहको उपचारको क्रममा काठमाण्डौमा बुढानिलकण्ठस्थित करुणा अस्पतालमा उपचारको क्रममा सोमवार मृत्य भएको थियो।

महोत्तरीको मनरा नगरपालिका–७ सबैला  स्थायी घर भएका साहलाई भदौ १९ गते देखी रुघाखोकी लागेको थियो । स्वास्थ्यमा समस्या देखीएपछि घर बिदा जानु भएको साहको जनकपुरको चन्द्रकला अस्पताल जनकपुरमा उपचार गराउँदा पनि स्वास्थ्यमा खासै सुधार नआएपछि उनलाई थप उपचारका लागि असोज १ गते काठमाडौं लगिएको थियो ।

साहकाे असोज ५ गते पीसीआर रिपोर्ट पोजेटिभ आएको थियो । अवस्था गम्भीर बन्दै गएपछि असोज ७ गते रातिदेखि नै उहाँलाई भेन्टिलेटरमा राखिएको थियो ।

साहको परिवारलाई गाउँपालिकाले रु एक लाख आर्थिक सहयाेग गर्ने पनि जनाएकाे छ । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

राष्ट्रिय पहलवान पोखरियाका यादव २०औं एशियन गेम्समा कुस्ती प्रतियोगितामा सहभागी हुन जापान प्रस्थान

वीरगंज । नेपालका राष्ट्रिय स्तरका चर्चित पहलवान राज यादव जापानको आइची नागोया शहरमा आयोजना हुने २०औं एशियन गेम्स कुस्ती (पहलवानी) प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्न...

छिपहरमाई गाउँपालिकाको कांग्रेस सभापतिमा धुरेन्दर साह कानु

वीरगंज । नेपाली कांग्रेस छिपहरमाई गाउँपालिकाको सभापतिमा धुरेन्दर साह कानु सर्वसम्मत चयन भएका छन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सम्पन्न दोस्रो गाउँपालिका अधिवेशनले कानुलाई...

बाढीपीडितको चुल्हो बाल्न आम मुस्लिम मोर्चाको ग्यास सहयोग

काठमाडौं । आम जनता पार्टी (आजपा) निकट आम मुस्लिम मोर्चाले भोटेकोशी बाढीपीडितलाई ग्यास चुल्हो, सिलिन्डर तथा राहत सामग्री वितरण गरेको छ । मोर्चाले नुवाकोटको विदुरमा...