31.7 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

कर्मचारी निधनकाे शाेकमा जगरनाथपुर गाउँपालिकामा सार्वजनिक बिदा

वीरगंज । पर्साको जगरनाथपुर गाउँपालिकाले बुधबार गाउँपालिकामा सार्वजनीक बिदा दिएको छ । गाउँपालिकाकाे स्वाथ्य शाखामा कार्यरत ५८ वर्षिय सि.अ.हे.ब. छैठाे तहका अधिकृत रामसकिल साहको मृत्यु भएकाे शाेकमा एक दिन बिदा दिइएको हाे ।

गाउँपालिका कार्यालय लगायत मातहतका समुर्ण निकायका कार्यालयमा सार्वजनिक बिदा दिइएकाे गाउँपालिका कार्यालयका दिपेन्द्र चाैधरीले वताए ।

गाउँपालिकाले मंगलबार श्रद्धान्जली सभासमेत गरेकाे उनले जानकारी गराए । गाउँपालिका अध्यक्ष जालिम मियाँकाे अध्यक्षतामा भएकाे श्रद्धान्जली सभामा जनप्रतिनिधि तथा कर्मचारीहरुकाे सहभागिता रहेकाे थियाे ।

साहको उपचारको क्रममा काठमाण्डौमा बुढानिलकण्ठस्थित करुणा अस्पतालमा उपचारको क्रममा सोमवार मृत्य भएको थियो।

महोत्तरीको मनरा नगरपालिका–७ सबैला  स्थायी घर भएका साहलाई भदौ १९ गते देखी रुघाखोकी लागेको थियो । स्वास्थ्यमा समस्या देखीएपछि घर बिदा जानु भएको साहको जनकपुरको चन्द्रकला अस्पताल जनकपुरमा उपचार गराउँदा पनि स्वास्थ्यमा खासै सुधार नआएपछि उनलाई थप उपचारका लागि असोज १ गते काठमाडौं लगिएको थियो ।

साहकाे असोज ५ गते पीसीआर रिपोर्ट पोजेटिभ आएको थियो । अवस्था गम्भीर बन्दै गएपछि असोज ७ गते रातिदेखि नै उहाँलाई भेन्टिलेटरमा राखिएको थियो ।

साहको परिवारलाई गाउँपालिकाले रु एक लाख आर्थिक सहयाेग गर्ने पनि जनाएकाे छ । 

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:218. Generation time:4.316 sec. Memory consumption:81.44 mb