Date
आइत, अशोज ११, २०८३
Sun, September 27, 2026

पर्साका १२ सहित थप १९ जनामा काेराेना संक्रमण पुष्टि

spot_img
spot_img

वीरगंज । पर्सामा थप १२ जनामा काेराेना भाइरस (काेभिड १९) संक्रमण पुष्टि भएकाे छ ।

नारायणी अस्पतालकाे प्रयाेगशालामा मंगलबार गरिएकाे परिक्षणमा पर्साका १२, बाराका ५ सहित १९ जनामा काेराेना संक्रमित फेला परेकाे अस्पतालका प्रवक्ता डा. अतुलेश कुमार चाैरसियाले जानकारी दिए । 

उनका अनुसार फेला परेका संक्रमितहरु १७ बर्षदेखि ५५ बर्ष उमेर समुहका रहेका छन् । उनीहरुकाे सिटि भ्यालु १७ देखी ३१ सम्म रहेकाे छ ।

संक्रमित हुनेमा पर्साकाे वीरगंज आर्मी ब्यारकका ४ जना, नारायणी अस्पतालकाे क्वाटर, वीरगंज महानगरपालिकाकाे वडा नं. ११, १५, १६ का एक-एक जना र वडा नं. १३ का ४ जना रहेका छन् ।

त्यसैगरी, बाराकाे बारागढी गाउँपालिकाकाे वडा नं. ३, ४, प्रसाैनी गाउँपालिका वडा नं. ४ र परवानीपुर गाउँपालिकाका एक-एक जना संक्रमित भएका हुन् ।

त्यसैगरी मकवानपुरकाे हेटाैंडा उपमहानगरपालिका वडा नं. ९ का ३६ बर्षिय पुरुष र रामेछापका ३० बर्षिय पुरुषकाे पनि काेराेना पाेजिटिभ देखिएकाे प्रवक्ता डा. चाैरसियाले वताए । 

डा. चाैरसियाका अनुसार मंगलबार पर्साका १२९ र बाराका ६३ जनाकाे स्वाब पिसिआर बिधिबाट परिक्षण गरिएकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

राष्ट्रिय पहलवान पोखरियाका यादव २०औं एशियन गेम्समा कुस्ती प्रतियोगितामा सहभागी हुन जापान प्रस्थान

वीरगंज । नेपालका राष्ट्रिय स्तरका चर्चित पहलवान राज यादव जापानको आइची नागोया शहरमा आयोजना हुने २०औं एशियन गेम्स कुस्ती (पहलवानी) प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्न...

छिपहरमाई गाउँपालिकाको कांग्रेस सभापतिमा धुरेन्दर साह कानु

वीरगंज । नेपाली कांग्रेस छिपहरमाई गाउँपालिकाको सभापतिमा धुरेन्दर साह कानु सर्वसम्मत चयन भएका छन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सम्पन्न दोस्रो गाउँपालिका अधिवेशनले कानुलाई...

बाढीपीडितको चुल्हो बाल्न आम मुस्लिम मोर्चाको ग्यास सहयोग

काठमाडौं । आम जनता पार्टी (आजपा) निकट आम मुस्लिम मोर्चाले भोटेकोशी बाढीपीडितलाई ग्यास चुल्हो, सिलिन्डर तथा राहत सामग्री वितरण गरेको छ । मोर्चाले नुवाकोटको विदुरमा...