Date
आइत, अशोज ११, २०८३
Sun, September 27, 2026

पर्सामा पुन: संक्रमितकाे संख्या बढ्दै, थप २४ जनामा काेराेना पुष्टि

spot_img
spot_img

वीरगंज । पर्सामा थप २३ जनामा काेराेना भाइरस (काेभिड १९) संक्रमण पुष्टि भएकाे छ । नारायणी अस्पतालकाे प्रयाेगशालामा साेमबार गरिएकाे परिक्षणमा पर्साका २४ जना र बाराकाे एक जना गरि २५ जनामा संक्रमण पुष्टि भएकाे हाे ।

१९२ जनाकाे स्वाबकाे नमुना पिसिआर विधिबाट परिक्षण गर्दा २ महिलासहित २५ जनामा काेराेना पाेजिटिभ देखिएकाे नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश कुमार चाैरसियाले जानकारी दिए ।

उनका अनुसार संक्रमितहरु १८ बर्षदेखी ७० बर्ष उमेर समुहका रहेका छन् । उनीहरुकाे सिटी भ्यालु १८ देखी ३४ सम्म रहेकाे छ ।

संक्रमित हुनेमा पर्साकाे कालिकामाई गाउँपालिकाकाे वडा नं. १ का ५ जना, वीरगंज महानगरपालिकाकाे वडा नं. १६ का एक जना, २१ का ५ जना, वडा नं. ३२ का ८ जना र वडा नं. २९ का २ जना रहेका छन् ।

यस्तै वीरगंजस्थित रहेकाे एभरेष्ट बैंकका ३५ बर्षिय पुरुष र ठाेरी गाउँपालिकाकाे वडा नं. ५ सुवर्णपुरका ३९ बर्षिय पुरुषमा काेराेना पाेजिटिभ देखिएकाे प्रवक्ता डा. चाैरसियाले वताए । बाराका संक्रमित बारागढी नगरपालिका वडा नं. ७ का बासिन्दा हुन् ।

केही समय यता पर्सामा संक्रमितकाे संख्यामा कमि आउन थाले पनि पुन: बढ्न थालेकाे छ । आइतबार गरिएकाे परिक्षणमा पर्साका ६ जनामा मात्र संक्रमण पुष्टि भएपनि साेमबार त्यसकाे ४ गुणा बढी २४ जनामा संक्रमण पुष्टि भएकाे हाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

राष्ट्रिय पहलवान पोखरियाका यादव २०औं एशियन गेम्समा कुस्ती प्रतियोगितामा सहभागी हुन जापान प्रस्थान

वीरगंज । नेपालका राष्ट्रिय स्तरका चर्चित पहलवान राज यादव जापानको आइची नागोया शहरमा आयोजना हुने २०औं एशियन गेम्स कुस्ती (पहलवानी) प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्न...

छिपहरमाई गाउँपालिकाको कांग्रेस सभापतिमा धुरेन्दर साह कानु

वीरगंज । नेपाली कांग्रेस छिपहरमाई गाउँपालिकाको सभापतिमा धुरेन्दर साह कानु सर्वसम्मत चयन भएका छन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सम्पन्न दोस्रो गाउँपालिका अधिवेशनले कानुलाई...

बाढीपीडितको चुल्हो बाल्न आम मुस्लिम मोर्चाको ग्यास सहयोग

काठमाडौं । आम जनता पार्टी (आजपा) निकट आम मुस्लिम मोर्चाले भोटेकोशी बाढीपीडितलाई ग्यास चुल्हो, सिलिन्डर तथा राहत सामग्री वितरण गरेको छ । मोर्चाले नुवाकोटको विदुरमा...