21.1 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

पर्सामा पुन: संक्रमितकाे संख्या बढ्दै, थप २४ जनामा काेराेना पुष्टि

वीरगंज । पर्सामा थप २३ जनामा काेराेना भाइरस (काेभिड १९) संक्रमण पुष्टि भएकाे छ । नारायणी अस्पतालकाे प्रयाेगशालामा साेमबार गरिएकाे परिक्षणमा पर्साका २४ जना र बाराकाे एक जना गरि २५ जनामा संक्रमण पुष्टि भएकाे हाे ।

१९२ जनाकाे स्वाबकाे नमुना पिसिआर विधिबाट परिक्षण गर्दा २ महिलासहित २५ जनामा काेराेना पाेजिटिभ देखिएकाे नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश कुमार चाैरसियाले जानकारी दिए ।

उनका अनुसार संक्रमितहरु १८ बर्षदेखी ७० बर्ष उमेर समुहका रहेका छन् । उनीहरुकाे सिटी भ्यालु १८ देखी ३४ सम्म रहेकाे छ ।

संक्रमित हुनेमा पर्साकाे कालिकामाई गाउँपालिकाकाे वडा नं. १ का ५ जना, वीरगंज महानगरपालिकाकाे वडा नं. १६ का एक जना, २१ का ५ जना, वडा नं. ३२ का ८ जना र वडा नं. २९ का २ जना रहेका छन् ।

यस्तै वीरगंजस्थित रहेकाे एभरेष्ट बैंकका ३५ बर्षिय पुरुष र ठाेरी गाउँपालिकाकाे वडा नं. ५ सुवर्णपुरका ३९ बर्षिय पुरुषमा काेराेना पाेजिटिभ देखिएकाे प्रवक्ता डा. चाैरसियाले वताए । बाराका संक्रमित बारागढी नगरपालिका वडा नं. ७ का बासिन्दा हुन् ।

केही समय यता पर्सामा संक्रमितकाे संख्यामा कमि आउन थाले पनि पुन: बढ्न थालेकाे छ । आइतबार गरिएकाे परिक्षणमा पर्साका ६ जनामा मात्र संक्रमण पुष्टि भएपनि साेमबार त्यसकाे ४ गुणा बढी २४ जनामा संक्रमण पुष्टि भएकाे हाे ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

वीरगंजमा विभिन्न कार्यक्रम गरि विश्व पाेलियाे दिवस मनाइयाे

कालिका टाईम्स

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स
SQL requests:216. Generation time:3.887 sec. Memory consumption:81.4 mb