वीरगंज । नेपाल सुनचांदी व्यवसायी महासंघ प्रदेश नं. २ काे अधिवेशनमा विवाद देखिएकाे छ । एक पक्षले अधिवेशन सम्पन्न भएकाे दाबी गरेकाे छ भने अर्काे पक्षले नियम विपरित गुपचुप रुपले अधिवेश गर्न खाेजिएकाे जनाएकाे छ ।
संस्थापक पक्षले शिव कुमार सर्राफकाे सभापतित्वमा १० सदस्यिय कार्य समिति चयन गरेकाे जनाएकाे छ ।
जुन समितिकाे उपसभापतिमा प्रवेश कुमार सर्राफ, बसन्त कुमार साह, सचिवमा बिनाेद कुमार भण्डारी, सह सचिवमा अमित गुप्ता, काेषाध्यक्षमा कमलेश साह, सह काेषाध्यक्षमा भागवान साह, सदस्यहरुमा धनिलाल साह साेनार, दिपक ठाकुर र भाेला कुमार साह निर्वाचित भएकाे जनाइएकाे छ ।
तर अर्का महासंघकाे सभापतिका दाबेदार रामजी साह पक्षले शिव कुमार सर्राफ समूहले अवैधानिक रुपमा अधिवेशन गरेर नयाँ नेतृत्व चयन गर्न खोजेकाे जनाएकाे छ । साह पक्षले वीरगंजस्थित नेपाल पत्रकार महासंघकाे सभाहलमा पत्रकार सम्मेलन नै गरी सर्राफले नियम विपरित गुपचुप अधिवेशन गरि नेतृत्व हात पार्न खाेजेकाे जनाएकाे हाे ।
अधिवेशन गर्नुभन्दा कम्तिमा २१ दिन पहिले नै सबै सदस्यहरुलाई पत्र पत्रिकामा सुचना प्रकाशन गरी जानकारी गराउनु पर्ने, अधिवेशनको मिति, समय र स्थान समेत तोक्नुपर्ने र अधिवेशन प्रदेशको राजधानीमा नै गर्नुपर्ने विधानमा स्पष्ट उल्लेख गरेको भएपनि त्यस्ताे केही नगरीएकाे साह पक्षकाे भनाई छ ।
साहले फेसबुकमार्फत आफुलाई अधिबेशन बारे आइतबार मात्र थाह भएपछि आफु वीरगंज आई जिल्ला प्रशासन कार्यालय पर्सामा अधिवेशन राेकन निवेदन दिएकाे वताए । त्यसपछि प्रमुख जिल्ला अधिकारी ज्युले अर्का अध्यक्षका दाबेदारलाई फाेनमार्फत बाेलाई अधिवेशन स्थगित गर्न निर्देशन दिएपनि साेमबार फेरी गुपचुप रुपमा अधिबेश गर्न लागिएकाे थाह पाएपछि आफुहरु वीरगंज आएकाे साहले वताए ।
वीरगंंज पुगेर अधिवेशन बारे फेरी प्रमुख जिल्ला अधिकारी ज्यूलाई जानकारी गराएपछि उहाँले अधिवेशनस्थल हरिओम पार्टि प्यालेसमा प्रहरी पठाएपछि भागदाैड मचेकाे उनले वताए । प्रहरीको हस्तक्षेपपछि सर्राफ समूहको अधिवेशन पनि विथोलिएको थियाे । तर साेमबार सांझ अधिवेशन सम्पन्न भएकाे दाबी गरिएकाे हाे ।
अहिले कोरोना संक्रमणको समयमा प्रशासनले पनि सभा सम्मेलनहरु गर्न रोक लगाएकाे छ । तर, सर्राफ समूहले स्थानीय प्रशासनको निर्देशनलाई चुनौती दिदै अधिवेशन सम्पन्न भएकाे दाबी गरेकाे छ ।
विधि र प्रक्रिया मिचेर गुपचुप रुपमा अधिवेशन बिनाकाे निर्वाचन प्रक्रिया अगाडी बढाउन खोजेपछि पर्साका प्रमुख जिल्ला अधिकारीको निर्देशनमा प्रहरीले अधिवेशन गर्न रोक लगाएको थियाे । तर, सर्राफ समूहले विधि र प्रकृया अनुसार नै अधिवेशन गरेको दावी गरेका छन् । तर, असन्तुष्ट समूहले हुदै नभएको अधिवेशन सम्पन्न भएको भन्नु आधारहिन भएको बताएका छन् ।
सांगठनिक प्रतिवेदन, आर्थिक प्रतिवेदन पास नै नगरी अवैधानिक निर्वाचन गरेको साह पक्षकाे भनाई छ ।
पत्रकार सम्मेलनमा वाेल्दै साहले व्यवसायीहरुको हकहितका लागि तथा न्यायका लागि अदालतको साहारा लिने पनि बताए । अधिकांश जिल्लाका प्रतिनिधिहरु अनुपस्थितीमा प्रमुख जिल्ला अधिकारीकाे निर्देशन विपरित अधिवेशन र निर्वाचन भएको दावी गर्नु दुखद र व्यवसायीमाथि धोका भएको साहले वताए ।