Date
आइत, अशोज ११, २०८३
Sun, September 27, 2026

वीरगंजका ५ सहित थप ७ जनामा काेराेना संक्रमण पुष्टि

spot_img
spot_img

वीरगंज । पर्साका थप ६ जनामा काेराेना भाइरस काेभिड १९ संक्रमण पुष्टि भएकाे छ । नारायणी अस्पतालकाे प्रयाेगशालामा आइतबार राति गरिएकाे परिक्षणमा पर्साका ६ सहित ७ जनामा काेराेना संक्रमण फेला परेकाे अस्पतालका प्रवक्ता डा. अतुलेश कुमार चाैरसियाले जानकारी दिए ।

पर्सा र बाराकाे विभिन्न ठाउँबा आएकाे १९१ जनाकाे स्वाबकाे नमुना पिसिआर विधिबाट परिक्षण गर्दा ७ जनाकाे रिपाेर्ट पाेजेटिभ देखिएकाे उनले जानकारी गराए । संक्रमित हुनेमा ६ पुरुष र एक महिला रहेेका छन् ।

प्रवक्ता डा. चाैरसियाका अनुसार पर्साकाे वीरगंज महानगरपालिका वडा नं. ८ का ३४ बर्षिय पुरुष, ५५ बर्षिय महिला, वडा नं. १२ का ५९ बर्षिय पुरुष, ५४ बर्षिय पुरुष  र वयाेधा अस्पतालमा उपचारत ६५ बर्षिय पुरुषमा संक्रमण पुष्टि भएकाे छ ।

यस्तै पर्सा कै धाेबिनी गाउँपालिकाकाे वडा नं. ३ का ४० पुरुष र बाराकाे देवताल गाउँपालिका वडा नं. १ का २४ बर्षिय पुरुष संक्रमित भएकाे प्रवक्ता डा. चाैरसियाले वताए । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

राष्ट्रिय पहलवान पोखरियाका यादव २०औं एशियन गेम्समा कुस्ती प्रतियोगितामा सहभागी हुन जापान प्रस्थान

वीरगंज । नेपालका राष्ट्रिय स्तरका चर्चित पहलवान राज यादव जापानको आइची नागोया शहरमा आयोजना हुने २०औं एशियन गेम्स कुस्ती (पहलवानी) प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्न...

छिपहरमाई गाउँपालिकाको कांग्रेस सभापतिमा धुरेन्दर साह कानु

वीरगंज । नेपाली कांग्रेस छिपहरमाई गाउँपालिकाको सभापतिमा धुरेन्दर साह कानु सर्वसम्मत चयन भएका छन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सम्पन्न दोस्रो गाउँपालिका अधिवेशनले कानुलाई...

बाढीपीडितको चुल्हो बाल्न आम मुस्लिम मोर्चाको ग्यास सहयोग

काठमाडौं । आम जनता पार्टी (आजपा) निकट आम मुस्लिम मोर्चाले भोटेकोशी बाढीपीडितलाई ग्यास चुल्हो, सिलिन्डर तथा राहत सामग्री वितरण गरेको छ । मोर्चाले नुवाकोटको विदुरमा...