21.1 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

वीरगंजका ५ सहित थप ७ जनामा काेराेना संक्रमण पुष्टि

वीरगंज । पर्साका थप ६ जनामा काेराेना भाइरस काेभिड १९ संक्रमण पुष्टि भएकाे छ । नारायणी अस्पतालकाे प्रयाेगशालामा आइतबार राति गरिएकाे परिक्षणमा पर्साका ६ सहित ७ जनामा काेराेना संक्रमण फेला परेकाे अस्पतालका प्रवक्ता डा. अतुलेश कुमार चाैरसियाले जानकारी दिए ।

पर्सा र बाराकाे विभिन्न ठाउँबा आएकाे १९१ जनाकाे स्वाबकाे नमुना पिसिआर विधिबाट परिक्षण गर्दा ७ जनाकाे रिपाेर्ट पाेजेटिभ देखिएकाे उनले जानकारी गराए । संक्रमित हुनेमा ६ पुरुष र एक महिला रहेेका छन् ।

प्रवक्ता डा. चाैरसियाका अनुसार पर्साकाे वीरगंज महानगरपालिका वडा नं. ८ का ३४ बर्षिय पुरुष, ५५ बर्षिय महिला, वडा नं. १२ का ५९ बर्षिय पुरुष, ५४ बर्षिय पुरुष  र वयाेधा अस्पतालमा उपचारत ६५ बर्षिय पुरुषमा संक्रमण पुष्टि भएकाे छ ।

यस्तै पर्सा कै धाेबिनी गाउँपालिकाकाे वडा नं. ३ का ४० पुरुष र बाराकाे देवताल गाउँपालिका वडा नं. १ का २४ बर्षिय पुरुष संक्रमित भएकाे प्रवक्ता डा. चाैरसियाले वताए । 

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

वीरगंजमा विभिन्न कार्यक्रम गरि विश्व पाेलियाे दिवस मनाइयाे

कालिका टाईम्स

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स
SQL requests:216. Generation time:4.986 sec. Memory consumption:81.4 mb