21.1 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

काेराेना प्रभावितलाई राहत वितरण

वीरगंज । छाँया नेपालले वीरगंज महानगरपालिकाकाे वडा-३१ मा आज राहत वितरण गरेकाे छ । पिसफोर दलित फाउन्डेसन नेपालको पहलमा एक कार्यक्रमका बिच वडाका ५० घरधुरीलाई राहत वितरण गरिएको हाे ।

राहतमा चामल  २४ किलाे, दाल २ किलाे, चिनी १ किलाे, नुन १ किलाे, तेल १ लिटर, साबुन २ पिस वितरण गरिएको दलित फाउन्डेसनका अध्यक्ष मनाेज रामले वताए ।

काेराेना भाइरस (काेभिड १९) संक्रमण राेकथाम तथा नियन्त्रणकाे लागि भएकाे लामाे बन्दाबन्दीमा प्रभावित गरिब, विपन्न र दलित परिवारलाई राहत स्वरुप खाद्य सामग्री वितरण गरिएकाे उनले जानकारी गराए ।

वीरगंज महानगरपालिकाे वडा नं. ३१ का वडाध्यक्ष चुमन दास चौधरीकाे अध्यक्षता र सामाजिक अभियान्ता प्रकाश थारु चौधरीकाे प्रमुख आतिथ्यतामा भएकाे राहत वितरण कार्यक्रममा छाँया नेपालको प्रतिनिधि हिरालाल चौधरी, स्थानीय दलित अगुवा अजय पासवान, जितेन्द्र हजारा, रामवतार पासवान, लक्ष्मी हजारा, धयानी राम, सन्जोग राम लगायतकाे उपस्थिति रहेकोे थियोे ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

वीरगंजमा विभिन्न कार्यक्रम गरि विश्व पाेलियाे दिवस मनाइयाे

कालिका टाईम्स

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स
SQL requests:216. Generation time:4.333 sec. Memory consumption:81.46 mb