Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

रोट्रयाक्ट क्लब वीरगञ्जकाे पद हस्तान्तरण कार्यक्रम सम्पन्न

spot_img
spot_img
वीरगञ्ज रोट्रयाक्ट क्लब अफ वीरगञ्ज मेट्रोपोलिसको चौथो पद हस्तान्तरण कार्यक्रम आइतबार सम्पन्न भएको छ । शनिबार बर्ष २०२०/२१ को लागि साेलाेनी राैनियारकाे अध्यक्षतामा निर्वाचित ११ सदस्यिय कार्य समितिलाई पद हस्तान्तरण गरिएकाे हाे ।
 
वीरगंजस्थित नगर सभा गृहमा भएकाे कार्यक्रममा क्लबका बर्ष २०१९ / २० का अध्यक्ष गोपाल कृष्ण कन्डोईले नव निर्वाचित अध्यक्ष रौनियारलाई आगामी बर्षको नेतृत्व हस्तान्तरण गरेेका हुन् । त्यसपछि अध्यक्ष सलाेनीले क्लबका उपाध्यक्ष आलाेक कर्ण, सचिव रविन श्रेष्ठ, सह सचिव दिपु बर्णवाल, काेषाध्यक्ष सस्तिका महन्थे, सदस्य आनन्द गुप्ता, आरती गुप्ता, ज्याेति टिर्गवाल, राज गुरुङ्ग लगायतकाे कार्य समितिकाे सपथ खुवाएकी थिइन । 
 
पद ग्रहण गर्दै अध्यक्ष सलाेनीले ‘हुमानिटि फर कम्युनिटी’ भन्ने मूल नारालाई आत्मसाथ गरेर सामाजिक कार्य गर्दै अघि बढ्ने बताइन । रोट्रयाक्ट क्लबको यस बर्षको अध्यक्ष पदमा निर्वाचित भएसँगै क्लबको कार्यमा थप एक इँटा थप्न पाउँदा गौरव महशुस भएको रौनियारले बताइन । पेशाले शिक्षक रहेकी सलाेनीले व्यक्तित्व विकास अवसरको सिर्जना र सामाजिक उत्तरदायित्व क्लबको पहिलो प्राथमिकतामा रहने वताइन ।
 
कार्यक्रममा रोटरी क्लब अफ वीरगञ्ज मेट्रोपोलिसका पूर्व प्रेसिडेन्ट रम्भा मिश्राले रोट्रयाक्ट क्लब अफ वीरगञ्ज मेट्रोपोलिसले हालसम्म उत्कृष्ट काम गर्दै आएको र आगामी दिनमा पनि विभिन्न सामाजिक कार्यलाई प्राथमिकतामा राखेर अझै विशिष्ट काम गर्न शुुभकामना दिइन ।
 
कार्यक्रममा बर्ष २०१९/२० का अध्यक्ष गोपाल कृष्ण कन्डोईले वर्षभरी गरेका कामको प्रगती प्रतिवेदन प्रस्तुत गरेका थिए ।
 
कार्यक्रममा रोटरी क्लब अफ वीरगञ्ज मेट्रो पोलिसका सचिव चन्दन सिंह, रोट्रयाक्ट ३२९२ जोन १३ का जेडआरआर प्रकाश कर्ण, अनिल जयसवाल, अमित शर्मा लगायतकाले मन्तव्य राखेका थिए भने कार्यक्रमको सहजीकरण मधु प्रजापतिले गरेकी थिईन् ।
 
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...

पूर्वमेयर प्रदीप सुवेदीको राप्रपा परित्याग, कारण के हो ?

वीरगंज । वीरगंजका पूर्वमेयर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नेता प्रदीपकुमार सुवेदीले पार्टी परित्याग गरेका छन्। राप्रपाको पर्सा जिल्ला अधिवेशन भइरहेका बेला सुवेदीले बुधबार...

जिराभवानी गाउँपालिकामा बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन

वीरगंज । पर्साको जिराभवानी गाउँपालिका–२, सेढवास्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा १९ सदस्यीय बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन गरिएको छ। युरोपियन युनियनको आर्थिक सहयोग...