Date
बुध, कार्तिक १२, २०८३
Wed, October 28, 2026

रोट्रयाक्ट क्लब वीरगञ्जकाे पद हस्तान्तरण कार्यक्रम सम्पन्न

spot_img
spot_img
वीरगञ्ज । रोट्रयाक्ट क्लब अफ वीरगञ्ज मेट्रोपोलिसको चौथो पद हस्तान्तरण कार्यक्रम आइतबार सम्पन्न भएको छ । शनिबार बर्ष २०२०/२१ को लागि साेलाेनी राैनियारकाे अध्यक्षतामा निर्वाचित ११ सदस्यिय कार्य समितिलाई पद हस्तान्तरण गरिएकाे हाे ।
 
वीरगंजस्थित नगर सभा गृहमा भएकाे कार्यक्रममा क्लबका बर्ष २०१९ / २० का अध्यक्ष गोपाल कृष्ण कन्डोईले नव निर्वाचित अध्यक्ष रौनियारलाई आगामी बर्षको नेतृत्व हस्तान्तरण गरेेका हुन् । त्यसपछि अध्यक्ष सलाेनीले क्लबका उपाध्यक्ष आलाेक कर्ण, सचिव रविन श्रेष्ठ, सह सचिव दिपु बर्णवाल, काेषाध्यक्ष सस्तिका महन्थे, सदस्य आनन्द गुप्ता, आरती गुप्ता, ज्याेति टिर्गवाल, राज गुरुङ्ग लगायतकाे कार्य समितिकाे सपथ खुवाएकी थिइन । 
 
पद ग्रहण गर्दै अध्यक्ष सलाेनीले ‘हुमानिटि फर कम्युनिटी’ भन्ने मूल नारालाई आत्मसाथ गरेर सामाजिक कार्य गर्दै अघि बढ्ने बताइन । रोट्रयाक्ट क्लबको यस बर्षको अध्यक्ष पदमा निर्वाचित भएसँगै क्लबको कार्यमा थप एक इँटा थप्न पाउँदा गौरव महशुस भएको रौनियारले बताइन । पेशाले शिक्षक रहेकी सलाेनीले व्यक्तित्व विकास अवसरको सिर्जना र सामाजिक उत्तरदायित्व क्लबको पहिलो प्राथमिकतामा रहने वताइन ।
 
कार्यक्रममा रोटरी क्लब अफ वीरगञ्ज मेट्रोपोलिसका पूर्व प्रेसिडेन्ट रम्भा मिश्राले रोट्रयाक्ट क्लब अफ वीरगञ्ज मेट्रोपोलिसले हालसम्म उत्कृष्ट काम गर्दै आएको र आगामी दिनमा पनि विभिन्न सामाजिक कार्यलाई प्राथमिकतामा राखेर अझै विशिष्ट काम गर्न शुुभकामना दिइन ।
 
कार्यक्रममा बर्ष २०१९/२० का अध्यक्ष गोपाल कृष्ण कन्डोईले वर्षभरी गरेका कामको प्रगती प्रतिवेदन प्रस्तुत गरेका थिए ।
 
कार्यक्रममा रोटरी क्लब अफ वीरगञ्ज मेट्रो पोलिसका सचिव चन्दन सिंह, रोट्रयाक्ट ३२९२ जोन १३ का जेडआरआर प्रकाश कर्ण, अनिल जयसवाल, अमित शर्मा लगायतकाले मन्तव्य राखेका थिए भने कार्यक्रमको सहजीकरण मधु प्रजापतिले गरेकी थिईन् ।
 
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

पर्साबाट सुरु भयो ‘लिगल भ्वाइस क्याम्पेन’ को चौथो संस्करण, पहिलो दिन २५० भन्दा बढी विद्यार्थी लाभान्वित

पर्सा । तराई मधेश कानून विद्यार्थी समाज (Terai Madhesh Law Students Society–TMLSS) द्वारा विगत चार वर्षदेखि मधेश प्रदेश तथा तराईका विभिन्न जिल्लामा सञ्चालन हुँदै...

वीरगंजमा दिवा सेवाका बस दिउँसो २ बजेभित्रै छुट्नुपर्ने

वीरगंज । पर्सामा बसपार्कबाट छुट्ने दिवा सेवाका सवारीसाधन दिउँसो २ बजेभित्रै काउन्टरबाट प्रस्थान गर्नुपर्ने निर्णय आजदेखि कार्यान्वयनमा आएको छ । यात्रुहरूको सुरक्षा सुनिश्चित गर्नुका साथै...

पर्सागढीबाट अवैध सालको काठ र पिकअपसहित चालक पक्राउ

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले अवैध रूपमा कटान गरिएको सालको गोलिया काठ र पिकअप गाडीसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका...