Date
शुक्र, अशोज ९, २०८३
Fri, September 25, 2026

श्रद्धाको बयान–‘सुशान्तले भ्यानेटी भ्यानमा ड्रग्स लिएको देखेकी थिएँ’

spot_img
spot_img

ड्रग्स मुद्दामा नाम जोडिएपछि नायिका श्रद्धा कपुर आज एनसीबीको अफिसमा बयानका लागि पुगेकी छिन् । उनलाई एनसीबीका ६ जना सदस्यले विभिन्न प्रश्न सोधेका थिए । आफ्नो बयानका क्रममा श्रद्धाले ड्रग्स लिएको कुरालाई अस्विकार गरेकी छिन् ।

चलचित्र ‘छिछोरे’को सफलता पार्टीमा आफू सहभागी भएको उनले स्विकार गरेकी छिन् । तर, सो पार्टीमा आफूले अल्कोहल पिएको तर ड्रग्स नलिएको उनले बयान दिएकी छिन् । चलचित्र ‘छिछोरे’मा श्रद्धाले नायक सुशान्त सिंह राजपुतसँग काम गरेकी थिइन् । सुशान्तको गेष्ट हाउस पवानामा भएको पार्टीमा श्रद्धा सहभागी भएकी थिइन् ।

भारतीय मिडियाका अनुसार श्रद्धाले बयानका क्रममा चलचित्रको छायांकनका क्रममा सुशान्तले आफ्नो भ्यानेटी भ्यानमा ड्रग्स सेवन गरेको बयान दिएकी छिन् । श्रद्धासँगै आज नायिका दीपिका पादुकोण, साराअली खानको पनि एनसीबीले बयान लिएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जीर्ण बन्दै वीरगंज–पोखरिया सडक, मर्मत नहुँदा बढ्यो दुर्घटनाको जोखिम

वीरगंज । पर्साको प्रमुख व्यापारिक तथा औद्योगिक मार्गका रूपमा रहेको वीरगञ्ज–पोखरिया सडकखण्ड लामो समयदेखि खाल्डाखुल्डीका कारण जीर्ण बन्दै गए पनि प्रभावकारी मर्मतसम्भार हुन सकेको...

एमाले केन्द्रीय कमिटीमा पूर्वमन्त्री प्रदीप यादवसहित २९ जना मनोनीत

काठमाडौं । नेकपा एमालेले पार्टीको केन्द्रीय कमिटीमा २९ जना सदस्य मनोनीत गरेको छ। ललितपुरको भनिमण्डपमा जारी केन्द्रीय कमिटी बैठकले पर्सा निर्वाचन क्षेत्र नम्बर १...

बारामा १२ वर्षीया बालिकालाई अपहरण गरी जबरजस्ती करणी गरेको मुद्दामा १८ वर्ष कैद सजाय पाएका अन्सारी पक्राउ

वीरगंज । बाराको कलैयामा १२ वर्षीया बालिकालाई अपहरण गरी करिब १० दिनसम्म बन्धक बनाएर पटक–पटक जबरजस्ती करणी गरेको कसुरमा १८ वर्ष कैद सजाय सुनाइएका...