Date
आइत, अशोज ११, २०८३
Sun, September 27, 2026

कालिकामाईका ११ सहित पर्सामा थप २३ जनामा काेराेना पुष्टि

spot_img
spot_img

वीरगंज । पर्साका थप २३ जनामा काेराेना भाइरस (काेभिड १९) संक्रमण पुष्टि भएकाे छ । वीरगंजस्थित नारायणी अस्पतालकाे प्रयाेगशालामा शुक्रबार राति गरिएकाे परिक्षणमा पर्साका २३ सहित २७ जनामा काेराेना संक्रमण देखिएकाे अस्पतालका प्रवक्ता डा. अतुलेश कुमार चाैरसियाले जानकारी दिए ।

संक्रमित हुनेमा ८ बर्षिय बालकदेखी ७४ बर्षिय वृद्धसम्म रहेका छन् । उनीहरुकाे सिटी भ्यालु १४ देखि ३४ सम्म रहेकाे छ ।

प्रवक्ता डा. चाैरसियाका अनुसार १९२ जनाकाे स्वाबकाे नमुना परिक्षण गर्दा पर्साका २३ जना, बाराका ३ जना र राैतहटका एक जनामा काेराेना पाेजिटिभ देखिएकाे हाे । पर्साकाे मात्र १६६ जनाकाे स्वाबकाे नमुना परिक्षण गरिएकाे थियाे ।

पर्साका कालिकामाई गाउँपालिकाकाे वडा नं. १ का ११ जना, वीरगंज महानगरपालिकाकाे वडा नं. २, १०, २५, २७ का एक-एक जना, वडा नं. ४ का ३ जना र वडा नं. १४ का २ जना संक्रमित भएका छन् ।

यस्तै संक्रमित हुनेमा पर्सा कै जगरनाथपुर गाउँपालिका वडा नं. ५, सखुवा प्रसाैनी गाउँपालिका वडा नं. २ र बहुदरमाई नगरपालिका वडा नं. ७ काे एक-एक जना रहेकाे प्रवक्ता डा. चाैरसियाले वताए ।

त्यसैगरी, बाराकाे फेटा गाउँपालिका वडा नं. ३, बारागढी गाउँपालिका वडा नं. १ र परवानीपुर गाउँपालिकाकाे वडा नं. २ का एक-एक जना संक्रमित भएका छन् ।  

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

राष्ट्रिय पहलवान पोखरियाका यादव २०औं एशियन गेम्समा कुस्ती प्रतियोगितामा सहभागी हुन जापान प्रस्थान

वीरगंज । नेपालका राष्ट्रिय स्तरका चर्चित पहलवान राज यादव जापानको आइची नागोया शहरमा आयोजना हुने २०औं एशियन गेम्स कुस्ती (पहलवानी) प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्न...

छिपहरमाई गाउँपालिकाको कांग्रेस सभापतिमा धुरेन्दर साह कानु

वीरगंज । नेपाली कांग्रेस छिपहरमाई गाउँपालिकाको सभापतिमा धुरेन्दर साह कानु सर्वसम्मत चयन भएका छन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सम्पन्न दोस्रो गाउँपालिका अधिवेशनले कानुलाई...

बाढीपीडितको चुल्हो बाल्न आम मुस्लिम मोर्चाको ग्यास सहयोग

काठमाडौं । आम जनता पार्टी (आजपा) निकट आम मुस्लिम मोर्चाले भोटेकोशी बाढीपीडितलाई ग्यास चुल्हो, सिलिन्डर तथा राहत सामग्री वितरण गरेको छ । मोर्चाले नुवाकोटको विदुरमा...