21.1 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

डा. केसीकाे समर्थनमा नेवि संघद्वारा वीरगंजमा प्रदर्शन

वीरगंज ।  गुणस्तरिय स्वास्थ्य सेवा र चिकित्सा शिक्षाकाे लागि १९ औं पटक सत्याग्रहमा बसेका प्राध्यापक डा. गोविन्द केसीकाे समर्थनमा शुक्रबार वीरगंजकाे घण्टाघरमा नेवि संघले प्रदर्शन गरेकाे छ ।

सरकार आफ्नाे नियत सच्याउ गाेबिन्द केसीलाई तुरुन्त बचाउ, डा. केसीकाे अनसन मेडिकल माफियालाई टेनसन, केपी ओलीकाे मिसन सिटामलमाेलमा कमिसन लगायतकाे नारा लेखिएकाे प्ले कार्डसहित शान्ति पूर्ण प्रदर्शन गरिएकाे हाे ।

प्रदर्शनमा सहभागिहरुले जनताको प्रत्यक्ष सरोकारको विषयमा आवाज उठाउनु आम नागरिकको प्रजातान्त्रिक अधिकार भएको मुलुकमा बल प्रयोग गरी अमर्यादित ढंगले अनसनरत डाक्टर केसीमाथि भएकाे अभद्र व्यवहार बिराेधसमेत गरेका छन् । 

नेपाली विद्यार्थी संघ पर्साकाे आयाेजनामा भएकाे शान्तिपूर्ण प्रदर्शनमा नेपाली कांग्रेसका नेता सुरेन्द्र चौधरी, दिना प्रसाद गुप्ता, प्रकाश उपाध्या, श्याम पटेल, रोशन लामिछाने, धरमेन्द्र पटेल, बैकुण्ठ श्रीवास्तव, नेवि संघका नेता सुधीर पटेल, विश्वास द्विवेदी, विवेक कलवार, जितेन्द्र मिश्रा, इङ्राशन यादव, मन्जिव मिश्रा, सुरेन्द्र प्रजापती लगायतको नेता तथा कार्यकर्ताको सहभागिता रहेकाे थियाे ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

वीरगंजमा विभिन्न कार्यक्रम गरि विश्व पाेलियाे दिवस मनाइयाे

कालिका टाईम्स

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स
SQL requests:216. Generation time:3.577 sec. Memory consumption:81.41 mb