Date
आइत, अशोज ११, २०८३
Sun, September 27, 2026

पर्साका ११ सहित थप १५ जनामा काेराेना संक्रमण पुष्टि

spot_img
spot_img

वीरगञ्ज । पर्साका थप ११ जनामा काेराेना भाइरस (काेभिड १९) संक्रमण पुष्टि भएकाे छ । वीरगञ्जस्थित नारायणी अस्पतालकाे प्रयाेगशालामा बिहीबार राति गरिएको परिक्षणको रिपोर्ट अनुसार १५ जनामा संक्रमण पुष्टि भएकाे हाे ।

जसमा पर्साका ११ र बाराका ४ जना रहेकाे नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश कुमार चाैरसियाले वताए । उनका अनुसार थपिएका संक्रमितहरुमा १४ जना पुरुष र १ जना महिला रहेका छन् । उनीहरुकाे सिटी भ्यालु १८ देखी ३४ सम्म रहेकाे छ ।

बिहीबार पर्साका १०३ जना र बाराकाे २२ जनाकाे स्वाबकाे नमुना परिक्षण गरिएकाे प्रवक्ता डा. चाैरसियाले जानकारी दिए ।

पर्सामा थपिएका संक्रमित वीरगञ्ज महानगरपालिकाका १० जना र छिपहरमाई गाउँपालिकाका १ जना रहेका छन् ।

वीरगञ्ज महानगरपालिकाको वडा नम्बर ६, १४, १५, १६ र २६ का एक/एक जना रहेका छन् भने वडा नम्बर १० का दुई जना र वडा नम्बर २९ का तिन जनामापनि संक्रमणको पुष्टि भएको डाक्टर चौरसियाले बताए ।

यस्तै, छिपहरमाईको वडा नम्बर ५ मा पनि संक्रमण देखिएकाे उनले जानकारी गराए ।

बारामा थपिएका संक्रमित पचरौता, सिम्रौनगढ र आदर्श कोतवालका बासिन्दाहरु रहेका छन् । पचरौता नगरपालिकाको वडा नम्बर ३ का एक जनामा संक्रमण देखिएको छ । त्यसैगरी, सिम्रौनगढ नगरपालिकाको वडा नम्बर ४ का एक जना संक्रमित भएका छन् भने आदर्शकोतवाल वडा नम्बर ५ का दुई जनामा संक्रमण देखिएको छ ।

बुधबार राति पनि नारायणी अस्पतालकाे प्रयाेगशालामा गरिएकाे परिक्षणमा पर्साका ११ जनामा संक्रमण देखिएकाे थियाे । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

राष्ट्रिय पहलवान पोखरियाका यादव २०औं एशियन गेम्समा कुस्ती प्रतियोगितामा सहभागी हुन जापान प्रस्थान

वीरगंज । नेपालका राष्ट्रिय स्तरका चर्चित पहलवान राज यादव जापानको आइची नागोया शहरमा आयोजना हुने २०औं एशियन गेम्स कुस्ती (पहलवानी) प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्न...

छिपहरमाई गाउँपालिकाको कांग्रेस सभापतिमा धुरेन्दर साह कानु

वीरगंज । नेपाली कांग्रेस छिपहरमाई गाउँपालिकाको सभापतिमा धुरेन्दर साह कानु सर्वसम्मत चयन भएका छन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सम्पन्न दोस्रो गाउँपालिका अधिवेशनले कानुलाई...

बाढीपीडितको चुल्हो बाल्न आम मुस्लिम मोर्चाको ग्यास सहयोग

काठमाडौं । आम जनता पार्टी (आजपा) निकट आम मुस्लिम मोर्चाले भोटेकोशी बाढीपीडितलाई ग्यास चुल्हो, सिलिन्डर तथा राहत सामग्री वितरण गरेको छ । मोर्चाले नुवाकोटको विदुरमा...