20.2 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

पर्साका ११ सहित थप १५ जनामा काेराेना संक्रमण पुष्टि

वीरगञ्ज । पर्साका थप ११ जनामा काेराेना भाइरस (काेभिड १९) संक्रमण पुष्टि भएकाे छ । वीरगञ्जस्थित नारायणी अस्पतालकाे प्रयाेगशालामा बिहीबार राति गरिएको परिक्षणको रिपोर्ट अनुसार १५ जनामा संक्रमण पुष्टि भएकाे हाे ।

जसमा पर्साका ११ र बाराका ४ जना रहेकाे नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश कुमार चाैरसियाले वताए । उनका अनुसार थपिएका संक्रमितहरुमा १४ जना पुरुष र १ जना महिला रहेका छन् । उनीहरुकाे सिटी भ्यालु १८ देखी ३४ सम्म रहेकाे छ ।

बिहीबार पर्साका १०३ जना र बाराकाे २२ जनाकाे स्वाबकाे नमुना परिक्षण गरिएकाे प्रवक्ता डा. चाैरसियाले जानकारी दिए ।

पर्सामा थपिएका संक्रमित वीरगञ्ज महानगरपालिकाका १० जना र छिपहरमाई गाउँपालिकाका १ जना रहेका छन् ।

वीरगञ्ज महानगरपालिकाको वडा नम्बर ६, १४, १५, १६ र २६ का एक/एक जना रहेका छन् भने वडा नम्बर १० का दुई जना र वडा नम्बर २९ का तिन जनामापनि संक्रमणको पुष्टि भएको डाक्टर चौरसियाले बताए ।

यस्तै, छिपहरमाईको वडा नम्बर ५ मा पनि संक्रमण देखिएकाे उनले जानकारी गराए ।

बारामा थपिएका संक्रमित पचरौता, सिम्रौनगढ र आदर्श कोतवालका बासिन्दाहरु रहेका छन् । पचरौता नगरपालिकाको वडा नम्बर ३ का एक जनामा संक्रमण देखिएको छ । त्यसैगरी, सिम्रौनगढ नगरपालिकाको वडा नम्बर ४ का एक जना संक्रमित भएका छन् भने आदर्शकोतवाल वडा नम्बर ५ का दुई जनामा संक्रमण देखिएको छ ।

बुधबार राति पनि नारायणी अस्पतालकाे प्रयाेगशालामा गरिएकाे परिक्षणमा पर्साका ११ जनामा संक्रमण देखिएकाे थियाे । 

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

वीरगंजमा विभिन्न कार्यक्रम गरि विश्व पाेलियाे दिवस मनाइयाे

कालिका टाईम्स

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स
SQL requests:216. Generation time:4.780 sec. Memory consumption:81.41 mb